बिचौलिया दिपक भट्टको घरमा सिआइबीको छापा
बिचौलिया तथा विवादास्पद व्यापारी दिपक भट्टको सानेपा किरण भवनस्थित निवासमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आज अपरान्ह छापा मारेको छ ।
सो क्रममा ब्युरो टोलीले एउटा टाटा पिकअपमा राखेर टन्नै शंकास्पद कागजात नियन्त्रणमा लिएको विश्वस्त सूत्रले जनआस्थालाई बतायो । दुई दिनदेखि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, आन्तरिक राजश्व विभाग र राजश्व अनुसन्धान विभाग घनिभूत रुपमा भट्टका आर्थिक अपराधसम्बन्धी विवरण संकलन गर्न लागिपरेका थिए ।
जनआस्था साप्ताहिकको गत बुधबारको अंकमा भट्टले प्रधानमन्त्री सुशीला कार्कीका छोरा, बुहारी र सम्धीमार्फत् आफूविरुद्धको अनुसन्धान रोकाउन घेराबन्दी गरेको उल्लेख गर्दै भ्रष्टाचार विरोधको जगमा बनेको सरकारलाई तलमाथि नगर्न सचेत गराएको थियो ।
टिप्पणीहरू