दिल्लीको काग, नेपालमा राग
एकदिन बादशाह अकबरले राजसभा बोलाएर भारदारहरूलाई प्रश्न गरे, ‘ल भन, दिल्लीमा कागको संख्या कति होला ?’ बादशाहको अनपेक्षित जिज्ञासाले सबै अक्क न बक्क परे । कागको संख्या गन्नुको कुनै प्रयोजन नै नभएकाले कसैलाई हेक्का नहुनु स्वाभाविकै थियो । त्यसैबेला वीरबल टुप्लुक्क देखा परे । उनलाई पनि राजाले यही प्रश्न दोहो¥याए । प्रश्न झर्न नपाउँदै वीरबलले उत्तर दिए, ‘पृथ्वीनाथ ! दिल्लीमा यतिखेर सबै मिलाएर तीस हजार नौ सय असी काग छन् ।’ यस्तो कठिन प्रश्नको सहजै उत्तर…