लेख रचना

बिर्सनै नमिल्ने यस्तो विगत !

 दयालबहादुर शाही राणा शासन समाप्त पार्न जनताको तर्फबाट अनेक संघर्ष भइरहे । १९५७ मा श्री ३ भएका चन्द्रसमशेर १९८६ सालसम्म प्रधानमन्त्री रहिरहे । उनको २८ वर्ष पाँच महिने शासनकालमा जनप्रतिरोधका धेरै काण्ड भए । १९२७ ई. मा ठाकुरचन्दन सिंहले भारतको देहरादुनमा गोरखा लिग स्थापना गरे । यो संस्थाले तरुण र गोरखा संसार नामक दुई साप्ताहिक पत्रिका प्रकाशन गथ्र्यो । १९१९ मा कौशल अड्डा (कानुन तथा न्याय अड्डा) का नायब सुब्बा कृष्णलाल अधिकरीले हिन्दी पुस्तकको आधारमा मकैको खेती लेखे । …