यस्ता मान्छे पनि भेटेको छु यहाँ
रुपबहादुर विश्वकर्मा
…श्रीमती भगवती ! माफ गर, मैले जानीजानी संबोधनको शुरुमा ‘प्रिय’ शब्द प्रयोग नगरेको हुँ । किनकि म तिम्रो तथा तिमी मेरो ‘प्रिय’ हुन सकेको भए आज हामीबीच यस्तो ‘अप्रिय’ अवस्था आउने नै थिएन । श्रीमती शब्दचाहिँ किन राखें भने भित्री कथा जेसुकै भए तापनि कानुनी रुपमा अझै पनि हामी श्रीमान–श्रीमती नै रहेछौं । त्यसैले त भावनात्मक र भौतिक रुपमा अलग भएको दुई वर्ष भइसके पनि अर्को जीवनसाथी ल्याउनासाथ तिमीले हाले…