पूर्व राष्ट्रपतिको नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण हुँदै

पूर्व राष्ट्रपति डा.रामवरण यादव भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ । उहाँ आज दिउँसो २ बजे नेपाल वायुसेवाको उडान नम्बर आरए २१७ मा काठमाडौंबाट त्यसतर्फ जानुभएको हो ।
पारिवारिक स्रोतले उहाँ नियमित स्वास्थ्य परीक्षणका लागि भारत गएको जनाएको छ । यादवले केही वर्षअघि त्यहाँ प्रोस्टेट र पेटसम्बन्धी रोगको उपचार गराउनुभएको थियो ।
टिप्पणीहरू