लुटेरा ठग नटवरलाल राजबन्दी होइन !
पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हुरी जसरी नेपाली राजनीतिमा आए। तीन वर्ष पनि नपुग्दै आँधिझैं सबैकुरा तहसनहस पारेर बिदा हुँदैछन् । सून्यमा झर्दैछ उनको राजनीति । बोलेरै अकासिए र बोलेरै भासिदाछन् । कास्की जिल्ला अदालतमा उनले पछिल्लो पल्ट जे बोले त्यसले उनको हंशले ठाउँ छोडेको छनक दिइरहेको छ ।
शायद उनी आफ्नो वरिपरि अन्धकार देख्दैछन् । दुइपटक गृहमन्त्री हुँदा नचिनेको राज्यलाई पुलिस हिरासतमा बसेपछि चिन्नथालेका छन् । आफ्नो हैशीयतभन्दा बढी नै सशक्तता देखाउने राष्ट्रिय स्वतन्त्र पार्टीको बाकि नेतृत्वले पनि दललाई परिपक्व, दुरगामी र विश्वसनीय आधार भएको पार्टीमा रुपान्तरण गर्ने अवसरलाई हातबाट गुमाएको छ ।नगुमाउदो हो त वैकल्पिक नेतृत्वले आफ्नो पौरख देखाउने थियो । पार्टीलाई जोगाउने लाग्नेथियो,नकि रविसंगै सतिजाने दूर्भाग्य निम्त्याउने थियो !
हेर्दाहेर्दै एउटा झरझराउदो संभावना भएको दल बाढीमा परेर पल्टिएको डुंगा झैं बन्नपुगेको छ । ऐन मौकामा माझी चुक्यो भने उसैले चलाइरहेको डुंगालाई बहावबाट किनारा लगाउन नसक्ने रहेछ भन्ने पछिल्लो उदाहरण हो रविकुमार लामिछाने । रवि र उनले नेतृत्व गर्ने ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को बाँकि रहेको टिम यतिखेर डुंगा खियाउन नजानेर डुब्दै छ । त्यसमा चढिरहेका यात्रुहरु आत्तिएका अनि विलखबन्दमा परेर यता न उता कता–कता भनेर दिग्भ्रमित भएझैं देखिदैछ । यो अलमलले रास्वपाको अधकल्चो राजनीतिलाई पंचायतीकालका गृहमन्त्री जोगमेहरले राजनीतिमा पोलिटिक्स घुस्यो भन्ने गरेको कथ्य नै अहिलेको निलो क्रान्तिभन्नेहरुको सुनामीको राजनीति अन्त्यको संकेत त होइन?
जवर्जस्त राजनीतिको कटु स्वाद लिनैपर्ने चौबाटोमा यतिखेर रवि र उनका फलोअरहरु घूँडा टेकेर थच्चारिइरहेका देखिन्छन्, अब कतालाग्ने ?नाम अनुसारको स्वतन्त्र रहिरहने कि माओवादीसंग मिसिने ?विचारमा अस्पष्टताले गर्दा हुनुपर्छ अलमलव्यापक छ । माओवादीसंग मिसिने आँट पनि छैन, छुट्टिने ह्याउपनि देखिदैन ! अहिले भएकै ठाउँमा अडिइरहने कि दायाँबायाँवाउँधो वाउँभो कतातिर जाने ?दन्त्यकथाको सत्तलसिंह राजाको युवराजलाई जोगी महाराजले छोटो बाटो जाने कि लामो भनेर सोधेका थिएँ तर रवि लामिछानेलाई त कता जाने भनेर सोध्ने हैशीयत पनि रास्वपाका कसैसंग पनि देखिदैन । रविसंग आफूलाई मात्रै केन्द्रविन्दूमा राखेर अगाडि बढ्नुको विकल्प छैन किनभने यसो नगरे उनी आफूमाथि लागेका आरोपबाट मुक्तहुन असंभवप्राय देखिदैछ । कारागारको चार दिवारीमा बसेकालाई गाली गर्न जति सजीलो थियो, त्यहाँ वस्दा मिनेट मिनेट कटाउनु पर्ने सकस बेहोर्दै छन् । मनमा धेरै कुरा खेलायो भने सुस्ततातिर गैहाल्छ । सबैको इतिहासले त्यही भन्छ ।
हुन पनि उनी सिधै जाकिने खाल्डोको डिलमा पुगेका छन् । भीरबाट खस्नेलाई रामरामभन्न सकिन्छ, काँधथाप्न सकिदैन भन्ने त बहुचर्चित कहावत नै छ ! हार्वार्ड, अक्सफोर्ड, एल् र एमआइटी पढेरविद्वान ठानिएकाहरु पनि सहकारी ठग्ने झ्वाइखट्टेहरुको माखेसांग्लोमा नारायणहरि भैरहेका छन् । चारतर्फ विभाजीत कार्यकर्ताले नयाँ मियो बनाएर अगाडि बढ्ने आँट गर्न सकेका छैनन् । पुरानो मियोबाट समाधानको के कुरा, उनको लाइन पछ्याइरहने हो भने मटियामेट हुनुको विकल्पसमेत देखिदैन । किनभने पुरानो मियोले बाहिर रहँदा त केही नाप्न सकेन भने अहिले काम नलाग्ने धोत्रो खामो न ठडिन सक्छ नतभार बहन गर्न नै । उनी गहन फौजदारी अभियुक्तको भारले मक्किदै चोइटिइरहेका देखिन्छन् । तै पनि थोत्रो खावो फेर्नुपर्छ भन्न समेत न नेतृत्वमा रहेका मनोनित न त निर्वाचित कसैको दाल गल्न सकिरहेको छैन । बरु उनीहरु आफैं कर्कलो झैं फतक्क गलेका पो देखिदैछ !राजनीतिमा कस्तो गोल चक्कर सम्म पनि हुने रहेछ अलिअलि थाहा पाउन थालेका छन् !
कसैलाई केही दिन झुक्याउन सकिन्छ, तर सबैलाई सधैंभरि वेवकुफ बनाउन सकिदैन !अहिलेको अवस्थाको आर्किटेक्ट रवि नै हुन् । यस माशंका छैन तर यस मानामचलेका प्रतिभाहरु सती गएको पो झन् डरलाग्दो देखिदैछ । ठगी, भ्रष्टाचारी, ब्यभिचारी, बलात्कारी, हत्यारा, ज्यानमारा, चोर, फटाहा, लुटेरा र डाँकालाई कुनै पनि सभ्य समाजले कदाचित् जायज ठह¥याउन सक्दैन । जस्ले झुट, जालझेल, हेराफेरि र गर्नु नगर्नु गर्छ त्यसको अवस्था रविको जस्तै हुनेछ ! यो शास्वत नियम हो अर्थात, नियमकानूनको कसीमा सबैले पर्नै पर्छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, सांसद, मुूख्यसचिव, सचिववा गैरकानूनी कर्म गर्ने जोसुकै पार्टीको अध्यक्ष नै किन नहोस्न्यायको कठघरामा उभिनैपर्छ । सभ्यसमाजमा केही ढिलो चाँडो हो तर यसबाट कसैले उन्मुक्ति पाउन सक्दैन । आध्यात्मिक जगतका मानिसहरु त मरेपछि पनि त्यसले मुक्ति नपाउने विश्वास गर्छन् । कलियुगमा कसैले छलछाम गरेर सत्ता, शक्ति र धनको आडमा केही समय कारवाहीको घेरालाई केही पर धकेले पनि संविधान, नियमकानूनबाट कसैले छुटकारा पाउन सक्दैन । कैफियत गर्ने जोकसैले विश्वभर कहींकतै उन्मुक्ति पाउदैन । दण्ड, सजाय भोग्नुपर्छ र जरिवाना तिर्नैपर्छ । लिएको पैसा व्याजसहित बुझाउनुपर्छ ।
सहकारी ठगी होस् कि दोहोरो नागरिकता र एकै समयमा दुइ देशको पासपोर्टबोक्ने र अन्य आरोपित कसूरहरुबाट स्पष्ट हुन्छ, रवि धेरै चलाख र धुर्त ब्यक्ति हुन् । वाक्पटुता, हाउभाउ, प्रभावपार्न सक्ने खुवीले उनलाई नेपाली नटवरलालभन्दा फरक पर्दैन । रविले सबै आरोपमा इन्कारी जनाउछन् तर सबै विषयमा प्रमाणहरु यति जवर्जस्त छन् कि उनले गरेकोआफ्नै हस्ताक्षर ल्याप्चेलाई समेत उनी होइन भन्न पछि पर्दैनन् अनि च्यापिएपछि भन्छन् हो तर फलानोले गर्दा गरेको हुँ !रविका कर्तुतहरु जगजाहेर छन् तर उनी भन्छन्, यस्तो मैले मात्र गरेको हो र ? यस्तो गर्ने अरु पनि छन् किन मलाई मात्र कारवाही गरेको ?आफूमाथि अन्याय भएको भन्दै विषयलाई पथान्तरण गर्न थालिहाल्छन् । उनका यिनै कुरालाई देववाणी र नारायण पण्डितका प्रवचन जत्तिकै ठानेर अरुतिर मुखमुखै लाग्ने उनका कार्यकर्ता र क्र्रेजी भीड देखेर समाजशास्त्री र मानवशास्त्रीहरु नै जिब्रो काडिरहेका र चितखाइरहेका छन् ।
तर रविले के कुरा थाहा पाउन नसकेको देखियो भने कानूनी तहकिकातमा नेपाली विज्ञहरु अन्तर्राष्ट्रियस्तरका छन् । कानून र न्यायालयमा नयाँ पुस्ताआइसकेको छ, नयाँ भनिएको रास्वपाभन्दा सशक्त देखिने गरी । काविलन्यायमूर्ति र ब्यवशायी प्रहरी ÷ सुरक्षाकर्मी प्रसस्तै छन् जो आस त्रास र भयबाट मुक्त रहेर आफ्नो काम फत्ते गर्न सक्षम छन् । त्यसैले अब रविको गोबर लोटाइको गोलमाल विक्न छाडेको छ । विक्ने संभावनै छैन ।नत रास्वपाकै । अहिले रास्वपाका सबै रवि रवि रवि भनेर उत्रनुको रहस्य सबै आर्थिक व्यवस्थापन सहकारी ठगीको पैसाबाट भएको त होइन भन्ने गंभीर आशंका गर्न थालिएको छ ।
तर उनी वरिपरि झुम्मिएका उनको पथ अनुयायीहरु रविभन्दा कम महत्वाकांक्षी सावित भएनन् । रविमाथि अनेक अनुसन्धान संसददेखि प्रहरीसम्मको अध्ययनले पक्रिएर नै अनुसन्धान गर्नुपर्छ भन्ने भएपछि रविले सेन्टिफ्ल्याट खाएको स्पष्ट छ । उनी हतास भए तर उनको पार्टीका पदाधिकारी, सांसदहरु नै आफ्नो हैशीयत र जिम्मेवारी विर्सिएर केटौले पारामा नारा जुलुसमापो देखापरे । यो दूर्भाग्यले स्वयम् रवि र स्वतन्त्र पार्टीका प्रभावशाली र जिम्मेवार भनिएका नेताहरुको हैशीयतलाई उदांग पारिदियो ।
अनुसन्धान भैरहेको छ सहकारी ठगीको, दोहोरो नागरिकता र दुइ देशको पासपोर्ट लिने कसूरदारको तर विदेशका उच्च विश्वविद्यालयमा पढेका, देश बदल्न प्रतिवद्ध ठानिएका कर्णधार युवा÷युवतीहरु अनुसन्धानलाई नै रोक्नका लागि सडक आन्दोलनमा पो उत्रिए। रविको उदण्ड बोली र व्यवहार त थियो नै पार्टीमा जिम्मेवार ठानिएकाहरुको उरन्ठेउलो व्यवहारले एउटा उदाउदो नयाँदललाई सबैभन्दा बढी क्षतिमात्र पु¥याएन कि यसको अस्तित्वमाथि नै गंभीर प्रश्न उठेको छ ।
तिहारको पूर्वसन्ध्यामा आलेख लेखिदै गरेकोले रविको रोटी सेक्नेकलाको खोजी गर्न लागियो ।नुहाउनको लागि तातो पानी तताउन श्रीमतीलाई थर्काइरहेको एक ब्यक्तिलाई त्यस दिन श्रीमतीजीले नै जवाफ फर्काएर उल्टै थर्काइछन् । राम्रो काम कुरो कहिल्यै केही गर्नुछैन त्यसैले आज भन्छु ल तिम्रा निम्ति पानी तताउदिन के गर्छौ ?
लोग्नेले सम्हालिंदै भनेछ, पानी नतताउने हो भने म चिसै पानीले नुहाउछु ! हो यतिखेर त्यो स्वास्नी पिडक पतिले झैं रवि पनि चिसोपानीले नुहाउदै छन् । आफू दुइ दुइ पल्ट गृहमन्त्री हुँदा नेतृत्व गरेको मन्त्रालयअन्तर्गत नै गिरफ्तार भएर पूर्पपक्षको लागि थुनामा हुँदा सकल दर्जाका प्रहरीले दूब्र्यवहार गरे भनेर रडाको मच्चाउदा आफ्नो मानमर्दन भयो कि ख्याती चम्कियो ?त्यो उनैले जान्ने कुरा हो तर एउटा राष्ट्रिय दलको अध्यक्ष र प्रतिनिधिसभाको वहालवाला सांसदलाई सघन फौजदारी मुद्धामा अनुसन्धान भइरहँदा उनी जसरी अन्टसन्ट बोल्ने र तथा नामहर्कत गरिरहेका छन् त्यसले यिनको वास्तविक हैशीयतलाई फेरि पनि उजागर गरेको छ ।
अर्कातिर उनका पार्टीका प्रभावशाली पदाधिकारीहरुको काँचो अनुभवले उनीहरुको हैशीयत पनि रविको तहमा झरेको प्रमाणीत भएको छ । सबैले बुझीराख्दा वेश हुन्छ, रवि धेरै वटा गंभीर फौजदारी अपराधको कसूरमा थुनामा परेका ब्यक्ति हुन्, राजनीतिक कसूरमा होइन !उनी राजबन्दी होइनन् तर उनी फौजदारी अपराधलाई राजनीतिक रंग दिन अनेक तिकडम गरिरहेका छन्, भारतको नामूद ठग नटवरलालले झैं ! नटवरलालको वास्तविक नाम थियो, मिथिलेश कुमार श्रीवास्तव ! उसको ठगी कतिसम्म कुख्यात थियो भने, उसले तीनपल्ट ताजमहल, दुई पटक लालकिल्ला, राष्ट्रपति भवन र संसद भवनसम्म उच्चतहको सरकारी कर्मचारी (नक्कली) बनेर बिक्री गर्दै अकुत पैसा कमाएको थियो !हाकाहाकी भन्दथ्यो, हो मैले धनीमानी र सरकारको संपत्ति बेचेर कमाउछु र गरीव दिन दुखीलाई दान गर्छु । त्यसैले मैले गरेको ठगी कहिल्यै अपराध हुन सक्दैन, यो खासमा उच्चस्तरको धार्मिक पूण्यकार्य हो ! त्यस्तै देखिदैछन् रवि !
टिप्पणीहरू