रथारोहणसँगसँगै वामनेताहरु वृद्धाश्रममा ?
मोहनविक्रम सिंहलाई वामपन्थी कित्ताका सबैभन्दा पाका कम्युनिष्ट नेतामा गणना गरिन्छ । यिनी उमेरले नब्बे काटिसकेका छन् । उनको जन्म सन् १९३५मा भएको थियो । निर्वाचन आयोगमा दर्ता भएका कम्युनिष्ट नामधारी २६ पार्टीको नामावलीमा सिंह नेकपा (मसाल)का आजन्म प्रमुख हुन् ।
यो लेखकले गुरू चतुर्भुज पुडासैनीबाट बाह्रखरी सिकेको हो । गुरूले अंकको गणना गर्ने पद्धति कहिल्यै नबिर्सने गरी बढो गजबले पढाउनुभएको रहेछ किनभने पाँच वर्षको हुँदा सिकेको विद्या ६५ सम्म उपयोगी भैरहेको छ । कुन उमेरको व्यक्त…