मातृभाषा, शिक्षा र मधेश
भनिन्छ मातृभाषा मानिसको निम्ति सबथोक हो । जीवन संघर्षको दुनियाँमा मातृभाषाको भूमिका अहम् हुन्छ । भाषा भनेकै विचार मन्थन गर्ने यन्त्र हो । विचार तब नै जन्मन्छन् जब आफ्नो भाषामा बोल्न, लेख्न र पढ्न पाइन्छन् । मातृभाषा र स्थानीय विषय शिक्षालाई बेवास्ता गर्ने हाम्रो शिक्षा प्रणालीले राष्ट्रिय पाठ्यक्रमले तोकिएको उद्देश्य अनुरुपको नेपाली मौलिक, कला, संस्कृति र सौन्दर्य बुझेको नागरिक तयार होला ?
बालबालिकाको मस्तिष्कमा पश्चिमा संस्कृति र बाहिरी आडम्बरी शिक्षा हुलेर यो सम्भव छैन । निज…