६ वर्षीय बच्चा छाडेर आमा बेपत्ता
काभ्रेमा बच्चा छाडेर एक आमा बेपत्ता भएकी छन् । बनेपा १४,खाल्चोककी ती महिला चैत्र २० गते बिहानदेखि खबरविहिन भएकी हुन् ।
बुबा भेट्न जान्छु भनेर निस्केकी २५ वर्षीया हेमन्ती तामाङ (घिसिङ ) अझैसम्म परिवारको सम्पर्कमा आएकी छैनन् । परिवारका अनुसार उनी माइती पनि पुगेकी छैनन् ।
६ वर्षीय छोरालाई छाडेर बेपत्ता भएपछि घिसिङको परिवारमा रुवावासी छ । घिसिङलाई कसैले भेटेमा ९८६१४७९५३१ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।
टिप्पणीहरू