चीनले जवाफ दिएलगत्तै अमेरिकी सेयर बजारमा झट्का

चीनले जवाफ दिएलगत्तै अमेरिकी सेयर बजारमा झट्का

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएपछि जवाफमा चीनले घोषणा गरेको त्यस्तै करका कारण अमेरिकी सेयर बजार घटेको छ । अमेरिकाले चिनियाँ सामानमा थप ३४ प्रतिशत कर लगाउने बताएपछि चीनले अमेरिकी सामानमा पनि सोही प्रतिशत थप भन्सारको घोषणा गरिसकेको छ । 

चीनको घोषणापछि अमेरिकी सेयर बजार कोरोना महामारीभन्दा अगाडिको अवस्थामा झैं ओरालो लागेको बिबिसीको विश्लेषण छ । चिनियाँ निर्णयको असर जर्मनी, फ्रान्ससँगै एसियाली मुलुकको सेयर बजारमा पनि परेको छ ।

तर,राष्ट्रपति ट्रम्पले बजार ओरालो लागिरहँदा पनि अमेरिकीहरुलाई आश्वस्त पार्दै नआत्तिन भनेका छन् । उनले सामाजिक सञ्जालमा ‘हामी हार्न सक्दैनौं’ लेखेका छन् । अमेरिकी राष्ट्रपतिले आन्तरिक श्रम बजार बलियो रहेको दाबी गरेका छन् ।

चीनले ट्रम्पका कदमलाई ‘धम्की’ र ‘अन्तर्राष्ट्रिय व्यापार नियमहरूको उल्लङ्घन’ को उपमा दिएको छ । चीनले अमेरिका निर्यात हुने मुख्य खनिजहरूमा रोक लगाएको छ भने केही अमेरिकी कम्पनीहरूलाई कालोसूचीमा राखिदिएपछि विश्व बजारमा हलचल आएको छ । विश्वमा छिट्टै आर्थिक मन्दी आउने चेतावनीसहित विज्ञहरुले अमेरिकी आर्थिक बृध्दिदरमा चालु वर्ष कम्तीमा २ प्रतिशतले कमी आउने प्रक्षेपण गरेका छन् ।

टिप्पणीहरू