रविले भने के,गरे के ?
उमाकान्त पराजुली
रवी लामिछाने नेपाली बीच चर्चित नाम हो। उनी श्रीमतीका कारण, अमेरिकाका बैंकको लोन नतिरेका कारण, नेपालमा फर्की पत्रकारिताको नाममा पैसा असुलेका कारण र कसैको आत्महत्याका कारण समेत विवादित छन्। दुई देशको पासपोर्ट भएकोमा त उनी अदालतबाट दोषी पनि ठहरिए।
काठमाडौ मेयर वालेन साहले प्राप्त गरेको राजनितिक सफलतालाई पछ्याउदै मौकामा चौका हानेर उनी स्थापित भए। मौजुदा राजनीति परिदृष्यमा सबै राजनितिक दलउपरको वितृष्णाले छोटो समयमा उनलाई ठुलो राजनीतिक लाभ प्राप्त भयो। उनी चतुर, भाग्यमानी, समयलाई चिन्ने सफल देखिए।
उनको जस्तो दोहोरा नागरिकता र पासपोर्ट भएको अन्य कोही सर्वसाधारण नेपाली हुन्थ्यो भने उ अहिले जेलमा हुने थियो। बहुबिबाह कसुरमा पनि कारवाही भोग्ने थियो।
डाँकु रत्नाकर पछि ऋषि वाल्मीकि भएको उदाहरणले उनलाई शंकाको सुविधा दिइएको हो। पहिलो पटकमै उनी सिधै उपप्रधानमन्त्री र गृहमन्त्री भए। गृहमन्त्री हुँदा प्रहरीमा केही आशा पलाएको थियो, तर उनले प्रहरी सुधार्ने साटो थप ध्वस्त बनाएर छाडे। कानुनलाई घोती लगाएर पैसा असुले। आफ्नो स्वार्थको लागि कुनै कसर वाँकी राखेनन।
भ्रष्टाचार र बिभिन्न कसुरको फाइल खोल्दा मलाई कारवाही भयो भन्ने रटान लगाउने उनको प्रहरीमा रहेको भूमिका तलका बुँदाले देखाउँछ।
आइजीपी हटाउन व्यापक प्रयास, तर पूर्ण असफल
सहकारीको पैसा अपचलन गरेको आरोप लागेका रबीले त्यसमा आफ्नो नाम मात्र संलग्न रहेको, उनको नाममा पैसा निकालिएको तर आफुले नलिएको वताउदै आए। तर, बुटबल, पोखरा लगातयका सहकारीमा रविको सहभागिता रहेको कुरा प्रहरीकै अनुसन्धान समितिबाट खुल्यो र अन्ततः प्रहरीले उनी समेतको संलग्नता रहेको जाहेरी दरखास्त पनि दर्ता गर्यो।
आफुलाई चोख्याउन प्रहरी महानिरीक्षक समेतलाई सकेसम्म दवाव प्रभाव र प्रलोभन दिए। वास्तवमा प्रहरीले मुद्दा दवाउन सक्ने सहयोग गरेको हो, तर लुक्न सक्ने अवस्था नै थिएन। आइजीपीलाई नै केही होइन भन्न पनि लगाए। यसैले उनले गरेको अपचलनमा दुई ठाउमा जाहेरी दरखास्त पर्यो। प्रहरीले दर्ता गर्यो। यो कुरा रवीलाई पटक्कै मन परेन। आइजीपीले उनको कसुर दवाउन सहयोग नगरेको भन्ने भान पर्यो।
यसैविच उनी विरुद्ध प्रहरीले जाहेरी दरखास्त दर्ताले झन थप आगो बनायो। यसैले उनी आइजिपी फाल्न कस्सिएका थिए। यसको लागि उनले एआइजी श्यामलाल ज्ञवालीलाई लोभ्याए। सामान्य जनता, पत्र पत्रिका र अन्य दलले यसमा विरोध गरेकोले आइजीपी हटेनन्। मूलतः प्रधानमन्त्रीको सहमती नभएकोले सकेनन।
एआइजीपी बनाउने दुस्प्रयास, अर्ध सफल
रवीका कानुनी परामर्शदाता हुन वरिष्ठ अधिवक्ता सुशिल पन्त। सुशिल पन्तका आफनै भाञ्जा हुन पूर्व एआइजी दिवेश लोहनी। उनी व्यवसायिक प्रहरी अधिकृत भएपनि गोरेको सुन र हत्याकाण्डमा करिव दश महिना थुना र जेलमा परेका हुन। उनै दिवेश लोहनीका साख्खै साढुभाइ हुन डिआइजी पोषराज पोखरेल। जसरी दिवेश लोहनी व्यवसायिक मानिन्छन, त्यसरी नै पोषराज लोसो, कमजोर, गनगने र लोभी मानिन्छन। उहि साढुदाइको नाताले मामा मार्फत रवी लामिछानेसँग जोडिएका पोषराजले रवीको कार्यकालमा ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी पाए।
उनै पोषराज गत आषाढ २१ गते अवकाशमा जादै थिए। कुनै ठाउ खाली थिएन। तर, भविष्यमा खाली हुने ठाउँमा पोषराजको ‘प्रिपेड’ पदोन्नती हुने गरी वढुवा समितिले सिफारिस गर्यो। तुरुन्तै फुली लगाउने काम हुने तयारी थियो। पोषराजले एआइजीमा वढुवा भएको भनेर शुभकामना खाए। सम्मान पाए। एआइजी भएपछि पेन्सन वढ्ने, प्रहरीका भान्से र ड्राइभर गरी दुई जवान बाचुञ्जेल निशुल्क पाउने भएकोले पोषराजले कम्बर कसेका थिए। त्यसमा थप, उनै रवीले ट्राफिकमा पठाएकोले त्यहाँ जम्मा गरेको ठुलै हिस्साको चास्नीमा रवी भुलेकाले उनी ढुक्क थिए।
तर, त्यतिवेलै प्रहरीकै एसएसपी दिपक श्रेष्ठ र सुवास आचार्यले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेपाल प्रहरीमा चरम वेथिती भएको, प्रहरी ‘प्राइभेट कम्पनी लिमिटेड’ मा परिणत भएको उल्लेख गरेका हुन् । उनीहरूको तर्क उचित थियो। करिव दुई महिना पद खाली रहेको पद डिआइजीमा पदोन्नती नगर्ने तर खाली ठाउँ नै नभएको एआइजीमा वढुवा गर्ने? त्यो पनि केवल एक दिनको लागि? यसमा उनीहरूले सकेसम्म विरोध गरे। पैसा र पावरमा रबीले खाली पदमा पदोन्नती नगरी खाली नै नभएको पदमा वढुवा गरेकोमा सकेसम्म विरोध गरे। सो तर्क उचित थियो। एकातर्फ दुई महिना खालीमा पदोन्नती नगर्ने अर्कोतर्फ खाली नै नभएकोमा वढुवा?
कुनै पद महिनौ खाली राख्ने अनि कुनै पद खालि नहुँदै वढुवा गर्नु अति कुरुप र घीनलाग्दो थियो। यो पदोन्नती मन्त्रिपरिषद्ले गर्नु पर्ने हुन्छ। यो कुरा प्रधानमन्त्रीकहाँ पनि पुगेपछि उनको असहमतिले वढुवा रोकियो। यदि गृहले मात्रै गर्ने भएकोले भैहाल्ने थियो। जेहोस्, सिफारिस भएका पोषराजले फुली लगाउन पाएनन, डिआइजीबाटै अवकास पाए।
काठमाडौ प्रहरी कमाण्डर फाल्न पूर्ण सफल
प्रहरीमा एसपीसम्मको सरुवा आइजीले गर्छन र एसएसपीको सरुवा गृह मन्त्रालयले गर्छ। प्रहरीले सहयोग नगरेको र मूलत सहकारी सम्वन्धी मुद्दा दबाउन नसकेकोले आइजीसँग फायर भएका रवीले आइजीलाई फाल्न त सकेनन तर काठमाडौका प्रहरी दुई कमाण्डरलाई भने सहिद वनाए। जिल्ला प्रहरी परिसर काठमाडौमा प्रमुख भुपेन्द्र खत्री थिए। द्न्दकालदेखि खरो उत्रेका र रौतहटमा जिउँदै मानिसलाई इट्टा भट्मा पोल्ने भनिएका अफताव आलमलाई समात्ने साहसी निडर र दवावसामु नझुक्ने प्रहरी हाकिम हुन। सफल र व्यवसायिक अधिकृत हुन। उनलाई समय नपुग्दै काठमाडौवाट लखाट्ने कार्य केवल रवीको स्वार्थ अनुरुप काम नगरेको भन्ने मात्र हो।
यसैगरी, तत्काल उपत्यका अपराध अनुसन्धान शाखामा एसएसपी सोमेन्द्र सिंह राठौर थिए। पछिल्लो चरणमा काठमाडौमा लागऔषध कारोवारी र गुण्डा माथी धावा बोल्ने र इकाउन्टर गर्ने काविल ‘एक्सन ओरियन्टेड’ अफिसर हुन। उनी पनि रवीकै प्रकोपमा परी सहिद भए। विना कुनै विवाद आधा समय पनि काम गर्न नपाई सरुवा भए। उनीहरू अहिले डिमोरोलाइज्ड भएका होलान। उनीहरु रवी बिरुद्दको प्रमाण लोप गर्न र जाहेरवालालाई रोक्न नमानेकोले फालिएका हुन्।
कानुनलाई घोती लगाएर नयाँ पद सृजना
प्रहरीको सम्वन्धमा अहिले दुइवटा प्रहरी ऐन छन। प्रहरी समायोजन ऐन २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीबेक्षण र समन्वय) ऐन, २०७६ । सोही ऐनको दफा २० सो ऐन जारी भएपछि समायोजन गर्ने प्रयोजनले देखि वाहेक प्रहरीमा कुनै पनि नयाँ थप पद थपिने छैन र नयाँ सृजना गरिने छैन भन्ने स्पष्ट व्यवस्था छ।
वास्तबमा फिल्डमा काम गर्नुपर्ने प्रहरीमा तलका जनशक्ति सधै कम हुन्छन्। माथिका हाकिम वढि भएर हैरान पार्छन। एउटा प्रहरी डिआइजी/एआइजी थपियो भने करिव करिव एउटा चौकीको प्रहरी जनशक्ति जति उसैको सेवामा खटिनु पर्छ। ड्राइभर, भान्से, कार्यालय सहयोगी, घर कुरुवा, घुमुवा, उठती पुठती वाला आदि। हिजो ‘भाउजूका पालामा’ र ‘वाका पालामा’ पनि यसैगरी माथिल्ला किम पद निर्लज्ज थपिएका हुन्।
प्रहरीमा पूर्व डिआइजीले एउटा भान्से, एआइजीले एउटा भान्से र ड्राइभर लिने चलन छ। आआफु मिलेर घरमा सरकारी कर्मचारी जीवनभर राख्ने यो कुप्रचलनले गर्दा प्रहरीको माथिल्लो पद पैसैले किनेर पनि लिने चलन छ। फेरी जसले पद थप्यो उसैले आकर्षक ठाउमा सरुवा गरिदिन भएकोले वढुवा हुँदाको खर्च सजिलै उठ्ने भएकोले करोडौ रकमको चलखेल हुने गर्छ।
यसरी सजिलै पैसा आउने काममा रवी किन पछि पर्थे, उनले पनि थपे। प्रहरीको कुकुर शाखामा एसएसपीले इञ्चार्ज हुने ठाउँमा डिआइजी बनाए। अनि कम्प्युटरमा एसएसपीको स्थानामा डिआइजी थपे। समायोजन गर्ने प्रयोजनले बाहेक प्रहरीमा नयाँ पद थप्न नहुने स्पष्ट कानुनलाई धोती लगाउने गरी के कारण सजिलै बुझिन्छ। पहिलो हो पैसा, त्यसपछि आफन्तको, राजनीतिको वा ससुराली।
आफ्नै निर्णयमा युटर्न, घरेलु कामदार प्रहरी सन्दर्भ
माथी भनि सकियो, प्रहरीमा पूर्व डिआइजीले एउटा भान्से, एआइजीले एउटा भान्से र ड्राइभर लिने चलन छ। यसले गर्दा प्रहरीका ठुलो जनशक्ति घरेलु कामदारको रुपमा छन्। यो कुरा लुकाउन प्रहरीले प्रभावशाली व्यक्ति र पावर सेन्टरलाई पनि पठाउछ। रवीले गृह मन्त्रालयमा पद सम्हाल्दाको सुरुमा सो रोक्नको विशेष सकृयता देखाए। तर, पछि युटर्न भए। कारण हो, चर्को स्वर गर्ने रवी ‘काले काले मिलेर खाउ भाले’ मा लोभिए।
अधिकांस राजनितिक ब्यक्ति, पावर सेन्टर, गृह र प्रहरीका टाउकेले यो दुरुपयोग निरन्तर गर्दै आइरहेका छन्। भान्छे, ड्राइभर र सुरक्षाका नाममा प्रहरी जनशक्तिको व्यक्तिगत दुरुपयोग भैरहेको छ। यदि कोही प्रभावशाली छ भने त्यहाँ प्रहरी घरेलु कामदारको रुपमा राखेकै हुन्छ। कसैले प्रहरी राखेको छ छैन यसैवाट उसको स्तर औकात नाप्न सकिन्छ। यसरी राख्ने र वस्ने दुबैको स्वार्थ जोडिन्छ। अधिकांश तल्ला कर्मचारी पनि यसैमा रमाउछन्। किनकी यसो गर्दा कार्यक्षेत्रको दुःख भोग्नै पर्दैन। मिठो मसिनो खान पाइन्छ। राशन जोगिन्छ। भोलिको लागि माइवाप मिल्छ, सजिलै वढुवा पाइन्छ।
सुरुमा आक्रामक वनेर प्रहरी घरेलु कामदार राख्न रोक्ने र उनैको शब्दमा ‘निर्मम’ बन्ने थियो। यसमा उनले परिपत्र गरे। यसलाई रोक्नको लागि रवीलाई पूर्व प्रहरीवाट एउटा सुझाव थियो। सुरक्षा कार्यबिधि, २०७७ ले किटान गरे देखि बाहेक कुनै पनि राजनीतिक व्यक्ति, कर्मचारी र अन्य ब्यक्तिले ड्राइभर, भान्से, गार्ड, पिएसओ, घर सुरक्षा आदि राखेको छ भने त्यो बस्ने कर्मचारी, त्यसलाई पठाउने हाकिम र त्यो राख्ने कथित व्यक्तिलाई कारबाही गर्न अख्तियारलाई लिखित अनुरोध गर्ने र अख्तियारले थुनेर कारवाही गर्ने भन्ने।
गृहमन्त्रीले साच्चिकै चाहने हो भने आवश्यक सुचना लिन हटलाईन नंवर राख्न सकिन्छ। पावर सेन्टरमा घरेलु कामदार भएकोले सोको ‘डिउटी खप्टिएर’ कार्यभार थपिएका सहकर्मी प्रहरी, दुरुपयोग गर्ने व्यक्तिका छिमेकी, नातेदार (इर्ष्या गर्ने), पत्रकार र अन्य सचेत नागरिकबाट सूचना लिन सकिन्छ। सो प्राप्त जानकारी अख्तियारलाई कारवाही गर्नु भनेर लिखित दिए मात्र हुने थियो। तर रवीले अख्तियारलाई लेख्दै लेखेनन् र पछि चाँसो राख्न छोडे। ‘डबल स्ट्याण्डर’ जो थिए। भनिन्छ, अहिले रवीकहाँ तीन जना आवासीय र चारजना वेलुका फर्कने घरेलु कामदार प्रहरी छन। उनकी श्रीमतीले प्रहरीको ड्राइभर प्रयोग गर्दिन। त्यो वेलावेलामा ससुरालीले पनि लैजान्छ। यति मात्र होइन, स्वर्णिम वाग्लेले पनि प्रहरीकै ड्राइभर प्रयोग गर्छन।
यदि रवी असल नियतका थिए भने यो रोक्नको लागि अख्तियारलाई लेख्थै। यसैले रवीको पालामा घरेलु कामदारमा प्रहरीको दुरुपयोग गर्ने काम रोकिएन, बरु नयाँ मालिकहरू थपिए।
खोया खाएकालाई अव लोप्पा
रवीको वर्तमान पनि विवादित रह्यो। गोर्खा मिडिया ग्रुप र जिवी राई प्रकरणले छताछुल्ल बनायो। अहिलेको अवस्था हेर्दा, संसदीय छानविनमा उनी र उनकी श्रीमती समेतलाई दोषी देखिने अवस्था छ र उनीहरू विरुद्ध मुद्दा चल्ने देखिन्छ। हिजो दुईवटा पासपोर्टमा दोषी ठहरिने जस्तो यी कसुरमा पनि उनी दोषी ठहरिने छन्।
पोखरामा स्टेज कार्यक्रम गर्दा उनीमाथी मकैको खोया हानियो। पोखराका युवा सन्तोष रानाभाटले रवीले स्टेजमा मन्तव्य राखिरहेका बेला मकैले हिर्काए। खोया मगाएर देखाउँदै लामिछानेले आफू जनताको ढुङ्गा, खोया, गाली, ताली सबै सहन तयार भएर बताएका थिए। तत्काल उनले मञ्चबाट भनेका थिए, ‘उहाँलाई कुनै समस्या छ भने पनि समाधान गर्न सबैभन्दा पहिले म तत्पर रहने छु”।
तर, यथार्थमा रबीमा सुधार्ने नियत नै छैन। त्यसैले गृह प्रशासनमा हाली मुहाली गरेका वेला प्रहरीलाई उनले सुधारेनन। उनको पालामा संघीय प्रहरीतर्फ ढलेको सिन्को उठेन। धेरै सिनियर अधिकृत छाडेर जुनियरलाई पदोन्नती दिए। सरुवा वढुवामा मापदण्ड र कानुन बनाउने केही काम भएन। न सुझ वुझ देखियो, नत नीति र कार्यावन्यन। अरुले जस्तै प्रहरीको दोहन, दुरुपयोग गरे। यसको लागि नयाँ फण्डा ल्याए। जड्याहालाई ट्राफिक जिम्मेवारी दिने, मासिक धर्मका वेला महिलालाई डिउटीमा लगाउने। तर, कुनै पनि लागु भएनन। बोलेर मात्र भएन। वरु, जो अगुवा उही बाटो हगुवा जस्तो भयो। तर, हिजोको टेलिभिजनको चटके छाप भने देखियो। गृहमन्त्रीले चौकीको असईलाई फोनबाट मलाई गुनासो नआउने गरी राम्रो गर्नुहोस् भने।
त्यसैले प्रहरीमा उनको अहिले चर्चा भैरहन्छ, हिजो मञ्चमा वस्दा खोया खाएकाले अव जनतामा वस्दा लोप्पा खानेछन्। ‘डबलस्ट्याण्डर नौटंकी’।
टिप्पणीहरू