बेडरुममा पसेर रविलाई समात्ने डिएसपीको बदनाम

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न हिजो राति बूढानीलकण्ठ पुगेको प्रहरी टोलीमाथि रास्वपा नेतृत्व खनिएको छ । टोलीको नेतृत्व गरेका डिएसपी दिपक खड्कामाथि सभापतिको बेडरुमसम्म पुगेको आरोप लागेको छ ।
उच्च अदालत दाङको बुटवल इजलासले हिजो साँझ पुर्पक्षमा पठाउन आदेश दिएको एक घण्टामै डिएसपी खड्का नेतृत्वको टोली लामिछानेको निवास पुगेको थियो । लामिछानेलाई ‘अन्तिम इच्छा के हो ?’ भनेर सोधेको उनीहरुको आरोप छ । तर सामान्यतया राणाकालमा मृत्यु दण्ड दिइएका अभियुक्तबाहेक थुनामा पठाइने कसैलाई पनि अन्तिम इच्छा सोध्ने चलन छैन ।
बुटवलको सुप्रिप सहकारी ठगी प्रकरणमा यसअघि रुपन्देही जिल्ला अदालतले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको थियो भने सोही मुद्दाका छविलाल जोशीलाई भने जेल पठाइएको थियो । तर,उच्चले लामिछानेलाई पनि जेल पठाउन आदेश दिएपछि पक्राउको लागि प्रहरी लामिछाने निवास पुगेको हो ।
डिएसपी खड्कामाथि बाहिर बोलाउँदा ननिस्केकोले बेडरुमसम्म गएको,बेडरुममा पक्राउ पुर्जी लेखेको र अन्तिम इच्छा सोधनी गरेको भन्दै रास्वपा नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा चर्को विरोध गरिरहेका छन् । खड्का यसअघि काठमाडौंको सोह्रखुट्टेमा इञ्चार्ज थिए ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले २०७८ जेठमा उनीमाथि अनुसन्धान गर्न छानविन समिति बनाएको र लगत्तै उनी टेकू सरुवा भएको बताइन्छ ।
टिप्पणीहरू