प्रधानमन्त्री भोलि दिनभर मधेशमा,पर्सि ताप्लेजुङ

प्रधानमन्त्री भोलि दिनभर मधेशमा,पर्सि ताप्लेजुङ

प्रधानमन्त्री केपी शर्मा ओली भोलि सर्लाही र सिरहा तथा पर्सि ताप्लेजुङ जाने कार्यक्रम तय भएको छ । उहाँ सेनाको हेलिकोप्टरमा भोलि बिहान १० बजे त्यता गएर साढे ११ बजे जनकपुरधाममा मधेश प्रदेश सभालाई सम्बोधन गर्नुहुने छ । 

सोही क्रममा मुख्यमन्त्री,प्रदेश सभामुख, एमाले संसदीय दलका नेतासँग संक्षिप्त भेटघाट गरेपछि हेलिकोप्टरमा सैनिक क्याम्प सिरहा जानुहुने बताइएको छ । सदरमुकाम लहानमा शहीद हेमनारायण यादवको शालिकमा माल्र्यापण गरेपछि सूर्यनारायण सत्यनारायण मौरवेत्ता यादव क्याम्पसको चौरमा आयोजित आमसभालाई सम्बोन गर्ने कार्यक्रम छ ।

दिउँसो साढे ३ बजेपछि उहाँ सोही हेलिकोप्टरमा राजधानी फिर्ता हुनुहुने छ । पर्सि केबलकार निर्माणमा विवाद उत्पन्न भएको ताप्लेजुङ जानुहुने बालुवाटार स्रोतले बतायो  ।
 

टिप्पणीहरू