वकिललाई ‘चिट’ र ‘लिफ्ट’ !
नेपाली काँङ्ग्रेस–एमालेको सत्ता समीकरणको सहमतिमा उल्लेखित प्रमुख बुँदामा प्राथमिकताका साथ संविधान संशोधन राखिएको छ । २०७२ असोज ३ गतेदेखि लागु भएको गणतान्त्रिक–लोकतान्त्रिक संविधान कार्यान्वयनका व्रmममा अनेकौँ समस्या, गुनासा र प्रश्नहरू उठ्दै आएका छन् । संविधान आफैँमा साध्य होइन । त्यो एउटा ‘सुप्रिमल’ हो ।
मुलुकको राज्यसत्ता सञ्चालनको निम्ति आवश्यक माध्यम र साधन हो । संविधान आफैँले मुलुकको आर्थिक, सामाजिक र साँस्कृतिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने पनि होइन । त्यसका लागि संविधानको कार्यान्वयनमा अग्रणी भूमिका भएका प्रमुख दल तथा सत्ता सञ्चालकहरू बढी जिम्मेवार छन् । राजनीतिक दलहरू र ठूला दलका मुख्य नेताहरूको कार्य, कार्यशैली, संस्कार र संस्कृतिको प्रभाव समग्र समाजमा पर्छ नै । संविधानको कार्यान्वयनमा सर्वाधिक प्रश्न निर्वाचनसम्बन्धी संस्कृति र शैलीमा उठाइएको छ ।
निर्वाचनका व्रmममा हुने कार्य, पैसाको प्रभाव र तडकभडकपूर्ण कार्यशैली सर्वाधिक आलोच्य हुँदै आएको छ । निर्वाचधन स्वतन्त्र, स्वच्छ, शान्त वातावरणमा हुनु पर्दछ भनियो । तथापि नेपालका सबैजसो निर्वाचनमा पैसाको खोलो बगाइएको छ । रक्सी, बियर र मासुको बजार निर्वाचनअघि र पछिसम्म खुल्ने गरेको छ । सोही कारण लोकतान्त्रिक निर्वाचनप्रति नागरिकका अनेकौँ सवाल उठेका हुन् ।
भयरहीत निर्वाचन वातावरणका लागि सचेत समाजको नेतृत्व प्राध्यापक, वकिल, पत्रकार तथा बुद्धिजीवीहरूले लिने विश्वास गरिन्छ । समाजमा भएका विकृति, कुसंस्कृति र कुप्रथा एवम् खराब कार्यशैलीहरूको आलोचना गर्दै प्रगतिशील र नवीन समाजको निर्माणमा उल्लिखित बौद्धिक वर्गमा व्रिmयाशील भएकाहरूको अग्रणी भूमिका हुने गरेको छ । समाजमा बढी सचेत र बौद्धिक भनिएका पेशाकर्मी र वर्गबाट भएका, हुने गरेका संस्कार, कार्य र शैलीलाई समाजका अन्य व्यक्ति, समूह र नागरिकले अनुशरण गर्ने अवस्था हुने भएकाले तिनले बढी गाम्भीर्यता देखाउन आवश्यक हुन्छ । कानुनी, सामाजिक र राजनीतिक मुद्दामा समेत आवाज उठाउने विद्वान् भनिएका वकिलका कार्यशैली कस्तो छ भन्ने कुरा नागरिकले नजिकबाट हेरेका हुन्छन् । यसबाट बौद्धिक वर्गको कार्य, काम वा संस्कृतिका विषयमा गम्भीर हुन आवश्यक देखिएको हो ।
नेपाल बार एशोसिएसनमा व्रिmयाशील वकिलहरूले गर्ने कार्यशैली र व्यवहारलाई नागरिकले नजिकबाट हेर्ने गर्छन् । उनीहरु आफ्ना कार्यप्रति गम्भीर नभए त्यसको दुश्प्रभाव नागरिकस्तरमा स्वतः पर्दछ । उच्च अदालत पाटन बारको निर्वाचन हालै सम्पन्न भयो । बारको निर्वाचन एउटा स्थापित विधिमा भयो, त्यो नियमित प्रव्रिmया थियो । यद्यपि बारको चुनावको दिन देखिएका कतिपय कार्यशैली, व्यवहार र संस्कृति प्रश्नगर्न लायक थिए ।
आम निर्वाचनहरूमाझैँ पैसाको खोलो बगाइएको, रक्सी र मासु खुवाएको आरोप यसमा पनि लाग्यो । सँधै घरको खाना खाने वकिलहरु त्यो दिन चिट बोकेर होटलमा मासु भात खान गएको र सँधै आफ्ना वाव भाडाका सवारी साधन प्रयोग गर्नेहरु पनि कसैको फोन कलको पर्खाइमा देखिए ।
रमाइलो पक्ष चाँही बिहान घरमा खाना खाएर गएकाहरु पनि अरुले सित्तैंमा मासुभात खाएको थाहा पाएपछि एकाएक भोकाएका थिए । त्यही बेला एकजना वकिलले रमाइलो प्रसंग सुनाए, ‘संघीय संसदको पछिल्लो निर्वाचनमा काठमाडौँको बालाजुमा काँङ्ग्रेस–माओवादी समूहले यमी भट्राईलाई जिताउन एघार सयलाई खानाको चिट बाँडेका थिए । तर भोट भने चार सय पनि कटेन ।’
उच्च अदालत पाटन बारको निर्वाचनमा पुगेर रमिता देखेपछि एकजना पाका वकिल भन्दै थिए, ‘खान पाउने ठाउँमा कसैले छाडेको देखिएन । दिमाग र विचार बेच्ने भएकाले होला कालोकोटेलाई बढी भोग लाग्ने रहेछ ।’
भोटरमध्ये धेरैजसो वकिललाई कुन वकिल कस्तो हो रु कसको योग्यता, क्षमता र अनुभव के हो रु भन्ने कुरामा कुनै चासो थिएन । सबैतिर कुन समूहमा भोट हाल्ने वा नहाल्ने मात्र चर्चा थियो । एकजना राई थरका वकिलले भने, ‘समूह हेरेर होइन व्यक्तिको क्षमता, अनुभव र योग्यतामा भोट हाल्नुपर्दछ ।’ उनको तर्कमा ‘दम’ भएपनि कसैले वास्ता गरेको देखिएन ।
अधिकांशलाई थाहा थियो ‘पार्टी समूहले नै जित्ने छन् ।’ वास्तवमा व्यक्तिको क्षमता, योग्यता र अनुभव जस्ता पक्ष महत्वपूर्ण हुने भएपनि लोकतन्त्र र लोकतान्त्रिक दलीय राजनीतिक प्रणालीमा व्यक्तिको सबै पक्ष हेर्ने र जाँच्ने काम पार्टी, संगठन र समूहले नै गर्ने हो । प्रत्येक मतदाताले व्यक्तिको सुक्ष्म अध्ययन गर्नसक्ने अवस्था नहुने भएकाले नै दलीय र समूहको मान्यता आएको हो ।
व्यक्ति त्यही पार्टी र समूहले छान्नु पर्दछ । आम वा सामान्य मतदाताले आफूलाई लागेको दल वा समूह छान्ने नै हो । लोकतन्त्रमा यस्तो प्रक्रिया र विधिलाई विश्वमा नै मान्यता दिइएको छ । तथापि मतदाताले आफूले जाने, बुझे र भ्याएसम्म व्यक्ति पनि छान्ने गर्छन् । त्यो प्रत्येक मतदाताको अधिकारको विषय पनि हो । वकिल जस्ता बौद्धिक पेशाकर्मीका निर्वाचनमासमेत दलीय समूहका आधारमा निर्वाचन हुने गरेकाले व्यक्ति कस्तो छान्ने भन्ने कुरा सम्बन्धित समूहले जान्ने र छान्ने गरिएको पाइन्छ । यसलाई त्यो हदसम्म नाजायज भन्न मिल्दैन । किनकी हामीले त्यही प्रणाली अपनाएका छौँ ।
लोकतान्त्रिक प्रणाली भएकाले सो अनुकूलका अभ्यास संघ–संगठनमा हुनुलाई अन्यथा मान्न सकिन्न । यद्यपि कस्तो खालको चुनावी संस्कार, कार्यशैली र अभ्यास गर्दैछौँ भन्ने कुरो मुख्य चुरो हो । वकिलका चुनावमा पनि खानाको ‘चिट’को ओइरो लगाउनुपर्ने र मतदातालाई घरदेखि घरसम्म ‘लिफ्ट’ दिनुपर्ने अवस्था आउनु लाजमर्दो कुरो हो । यसमा सुधार नगरी मुुलुुकको समग्र निर्वाचन प्रणालीमा सुधार र परिवर्तनको कसरी वकालत गर्न सकिन्छ रु चुनावका दिन ‘चिट’ बाँडेको देखेपछि वकिलको ‘मुखमा र्याल आउने’ र ‘पेटमा अचानक भोट जाग्ने’ कुरा चाहिँ अचम्मको देखियो । विद्यमान निर्वाचन प्रणालीमा सुधार गर्ने हो भने सबैभन्दा पहिले यस्ता झिनामसिना भनिएका विषयबाटै थालनी गर्नुप
टिप्पणीहरू