हिजो ह्विललक, आज गल्ती भो हजुर क्षमा पाऊँ ?

कार्यालयमा खैलाबैला मच्चाएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह दोलखा पुगेको तस्विर भेटिएको छ । उनले दोलखामा भीमसेन मन्दिरको दर्शन गरेका छन् । बालेनसँगै करोडौं भ्रष्टाचार गरेको आरोपमा अख्तियारद्वारा थुनिएका कुमार बेन (ब्यन्जनकार) पनि छन् ।
बालेनले आफ्नो सचिवालयको जम्मै चाबी बेनलाई सुम्पिएको स्रोतको जिकिर छ । उनले आफूसँगै केही युट्युबरलाई पनि दोलखा लगेको स्रोत बताउँछ । ‘मेयरको टोली दोलखा गएको छ । भोलि शनिबार भयो, आइतबार सार्वजनिक बिदा छ । आज शुक्रवार फेसबुकमार्फत मनको बह पोखेर त्यस दिन साँझसम्ममा फर्किन्छन् होला ।’,स्रोतले भन्यो ।
पिए भुपदेवको आदेशलाई उनले ‘माथिको आदेश’ भन्ने गरेका छन् । जबकि, नगरप्रहरी परिचालनको अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुन्छ ।
एक साताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा लगेर गाडिदिने चेतावनी दिएका बालेन हिजो बिहान काभ्रेको पाँचखालतिर लागेका थिए । बल्लतल्ल कार्यालयबाट निकालिएका सरोज गुरागाईँलाई नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतमा फिर्ता पठाउने भएपछि तनावमा परेका बालेनले आफ्नो पदीय मर्यादाको समेत ख्याल नगरिकन ‘तल्लो स्तर’ को व्यवहार देखाएको सर्वसाधारणको टिप्पणी छ ।
हिजो प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईको कार्यालयमा बिहानै तालाबन्दी गर्न लगाइयो । ठूलो संख्यामा गेटमा नगर प्रहरीको पहरा दिइयो । यतिसम्म कि उनी चढ्ने गाडीमा ह्विललक पनि लगाइयो । गुरागाईँलाई छिर्न नदिनका लागि आफूबाट सम्भव सबै प्रयास गरेर उनी कार्यालयमा कसैलाई खबर नगरिकन निस्किए ।
बालेन कहाँ गए भन्नेबारे महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेसमेत अनभिज्ञ छन् । हाजिर गर्न कार्यालय आएका गुरागाईँलाई गेटमा रोकेपछि रास्वपाकी एकबाहेक सबै वडाध्यक्ष,कार्यपालिका सदस्य र कर्मचारीहरुको जोडबलमा कार्यकक्षमा जान सहजिकरण गरिएको थियो । सो क्रममा कार्यालयमा रडाको मच्चियो । ताला फोडेर गुरागाईँलाई कार्यकक्षमा प्रवेश गराइयो । त्यसपछि शुरु भयो बालेनको खोजीनीति । तर,मेयर कार्यालयमा थिएनन् । त्यसको केही बेरपछि पाँचखालस्थित एउटा लस्सी पसलमा खिचिएको तस्बिर सार्वजनिक भयो ।
कार्यालयमा अशान्तिको आगो झोसेर हिँडेका उनलाई उपमेयर सुनिता डंगोलले तमाशा नदेखाउन चेतावनी नै दिएकी छिन् । यता,डंगोलको नेतृत्वमा बसेको बैठकपछि गुरागाईँले कर्मचारीको तलब भुक्तानी रकम ट्रान्सफरका लागि एनआइसी बैंकलाई पत्र लेखेका छन् । आइतबार राम नवमीको सार्वजनिक बिदा परेकाले सोमबारसम्म कर्मचारीहरुको खातामा तलब जानेछ ।
‘बाहिर लफडा चलिरहँदा उपमेयरसहितको आन्तरिक बैठक बसेको थियो । त्यसपछि उहाँले तलब फुकुवा गरिदिनुभएको छ । सोमबारसम्म खातामा आउँछ । सञ्चित कोषमा भएको पैसा नियमित बजेटमा लैजाने मात्रै हो । फेरि हाम्रो यही एनआईसी एशिया बैंकमा खाता छ’,स्रोतले भन्यो ।
पहिले ह्विललक, अहिले हारगुहार
गुरागाईँलाई कार्यालयमा प्रवेश गर्न नदिन अवैध नगरप्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेले हिजो हरसम्भव कोसिश गरेका थिए । उनी गुरागाईँको अगाडि चट्टानजसरी उभिए । महानगरका जनप्रतिनिधि र कर्मचारीको साथ भएकैले उनको दोस्रोपटक ‘इन्ट्री’ सम्भव भएको हो । ‘माथिको आदेश’ भन्दै महानगरमा दादागिरी देखाउँदै आएका पाण्डेले आज गुरागाईँसँग क्षमा मागेका छन् । स्रोतका अनुसार उनले बिहान गुरागाईँ आउनेबित्तिकै उनको कार्यकक्षमै पुगेर माफी मागेका हुन् । ‘माथिको आदेश पालना गरेको’ भन्दै उनले बिन्ती बिसाएको स्रोत बताउँछ ।
तर,कार्यकक्षबाट बाहिर आउनेबित्तिकै उनले आफ्नो चरित्र देखाइहाले । नगर प्रहरीको सामुन्ने ‘म किन माफी माग्ने ?’ भन्दै उनी ठूलो पल्टिएका हुन् । स्रोत भन्छ,‘भित्र गएर गोहीको आँशु झारे । बाहिर आएरचाँहि म किन माफी माग्ने भन्दै ठूल्ठूला कुरा गरे ।’ पाण्डेलाई मेयरका स्वकीय सचिव भुपदेव साहले चलाउने गरेको स्रोतको दाबी छ । पिए भुपदेवको आदेशलाई उनले ‘माथिको आदेश’ भन्ने गरेका छन् । जबकि, नगरप्रहरी परिचालनको अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुन्छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ मा महानगर प्रहरी सेवा गठन, रेखदेख र नियन्त्रणसम्बन्धी व्यवस्था उल्लेख छ । जसमा भनिएको छ,‘महानगर प्रहरीको परिचालन, रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुनेछ र निजको आदेश र निर्देशन पालन गर्नु प्रत्येक महानगर प्रहरीको कर्तव्य हुनेछ ।’
तर,जसले परिचालन गर्ने हो, उसैलाई पाण्डेले कार्यालय छिर्न रोकिदिए । त्यसो त, उनी पनि गैरकानुनी रुपमा सो जिम्मेवारीमा छन् । कामु नगरप्रहरी प्रमुख उनले तीन वर्षदेखि महानगर प्रहरी बलको कमाण्ड गरिरहेका छन् । कामुको अवधि ६ महिनाको मात्र हुन्छ । उनको कलडिटेल चेक गरेमा भुपदेवको मात्र कल आएको भेटिने स्रोतको दाबी छ । हाल भुपदेवले मेयरको अफिसियल नम्बर ९८५१२७९९०० बोकेका छन् ।
टिप्पणीहरू