पानीको धारा र संविधानको धारा छुट्याउन नसक्ने ‘माननीय’

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले हावादारी गफ लाउँदै पत्रकारलाई संविधानको धारा टिपाएका छन् । ‘अल्पज्ञान’ को भरमा संसददेखि सडकसम्म बोल्दै हिँड्ने उनै शाहीलाई केही साताअघि संसद बैठकमा एमाले नेता तथा सांसद रघुजी पन्तलगायतले मुखभरिको जवाफ दिएका थिए ।
उनै शाहीले धारा २७४ मा रहेको व्यवस्था भन्दै क्यामेरासामु उट्पट्याङ्ग कुरा बोलेका छन् । राजतन्त्र पुनर्स्थापना अभियानमा लागेका उनले संविधानको धारा २७४ मा वर्तमान संविधान मान्दिनँ भन्ने नागरिक पनि नेपालमा सांसद हुनसक्छ भनेर उल्लेख गरिएको बताए । सामाजिक सञ्जालमा हालिएको भिडियोमा उनले त्यस्तो दाबी गर्दै उक्त धारा अध्ययनका लागि अरुलाई अर्ति उपदेश दिएका छन् ।
कालिमाटीका गरिव चामल ब्यापारीको उधारो १२ लाख नतिरी बाउन्स चेक भिडाएर हिंडेका यी ठकुरी कतिसम्म हावादारी भने यिनले आफू चार्टर्ड अकाउन्टेन्ट रहेको र भारतीय सेनाको हतियार अडिट गरेको गफ लाएका थिए जुन कुरा दुई हजार प्रतिशत गलत सावित भैसकेको छ ।
तर,संविधानको भाग ३१, धारा २७४ मा संविधान संशोधनको विषय उल्लेख छ । पहिलो उपधारामा नेपालको सार्वभौमिकता,भौगोलिक अखण्डता,स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी संविधान संशोधन गर्न नसकिने स्पष्ट छ ।
सोही धाराको उपधारा २ मा अन्य धाराको अधीनमा रही यस संविधानको कुनै धारालाई संशोधन वा खारेज गर्ने विधेयक संघीय संसदको कुनै पनि सदनमा पेश गर्न सकिनेछ भनेर लेखिएको छ ।
आफ्नो मनमा लागेको तर्कनालाई पुष्टि गर्न संविधानको धारा उल्लेख गर्दै अरुलाई अध्ययन गर्न सुझाउने उनले भनेका छन्, ‘२७४ ले के भन्छ, सुन्नुस् । यो संविधान मान्दिनँ भन्ने मान्छे पनि यो देशमा सांसद हुनसक्छ भनेर उल्लेख गरिएको छ । संविधानको धारा २७४ ले के भन्छ पढेर सुनाउनुस् न । तपाईं संविधान आफू नपढ्ने,अनि अर्काले यो गरिदिएन भनेर भ्युज कति आउँछ भनी काम गर्ने ? संविधान २७४ तपाईंले पनि पढेर आउने । नपढेर फ्याट्ट भन्ने होइन ।’
कालिमाटीका गरिव चामल ब्यापारीको उधारो १२ लाख नतिरी बाउन्स चेक भिडाएर हिंडेका यी ठकुरी कतिसम्म हावादारी भने यिनले आफू चार्टर्ड अकाउन्टेन्ट रहेको र भारतीय सेनाको हतियार अडिट गरेको गफ लाएका थिए जुन कुरा दुई हजार प्रतिशत गलत सावित भैसकेको छ ।
यो पनि...
ज्ञानेन्द्र शाहीले बाउन्स चेक भिडाएर ब्यापारीको बिचल्ली
टिप्पणीहरू