जनकपुरमा नाङ्गै घुमाइएकोमा माइतीघरमा बिरोध

जनकपुरमा नाङ्गै घुमाइएकोमा माइतीघरमा बिरोध

सिके राउतका कार्यकर्ताद्वारा जनकपुरस्थित खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयका सिडिई राजेश कुशहावालगायतका कर्मचारीहरुमाथि गरिएको अमानवीय र अपराधिक कार्यबिरुद्ध आज काठमाडौंमा बिरोध जनाइने भएको छ ।

ढल निर्माणमा अनियमितता गरेको भन्दै हिजो कुशवाहामाथि कार्यालयभित्रै हातपात गरिएको थियो । त्यसपछि उनलाई नाङ्गै नगर परिक्रमा गराइयो । त्यसैको बिरोधमा आज हातमा कालोपट्टी बाँधेर बिरोध कार्यक्रम गर्न लागिएको हो ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन र बागमती प्रदेशस्थित नेपाल इन्जिनियर्स एशोसिएसनको संयुक्त आयोजनामा आज दिउँसो ३ बजेदेखि माइतीघर मण्डलामा बिरोध कार्यक्रम हुने बताइएको छ ।

टिप्पणीहरू