जेन जीको नाममा लोकतन्त्र कमजोर बनाउने खेल : शंकर पोखरेल

जेन जीको नाममा लोकतन्त्र कमजोर बनाउने खेल : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन जीको नाममा लोकतन्त्रलाई कमजोर बनाउने खेल भइरहेको आरोप लगाएका छन् । एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले गत २३ र २४ भदौमा भएका घटनालाई आधार बनाएर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवार देखाउने दुष्प्रयास गरिएको र त्यसको अन्तर्य लोकतन्त्र कमजोर बनाउने खेल भएको दाबी गरेका छन् ।

उनले लोकतन्त्र र गणतन्त्र विरोधी शक्तिहरूले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरेको बताउँदै भने, ‘२३ र २४ भदौमा भएका गतिविधि लोकतन्त्र विरोधी र प्रतिगमनमुखी थिए ।’ 

अहिले जेन जीको भावनामा खेल्दै लोकतान्त्रिक व्यवस्थामाथि प्रहार भइरहेको उनको भनाइ छ । मुलुकमा भय, त्रास र अन्योलको वातावरण सिर्जना गर्न खोजिएको बेला एमालेले राष्ट्रिय महाधिवेशन आयोजना गरेर त्यसको जवाफ दिएको पोखरेलले बताए । पोखरेलले महाधिवेशनपछि एमाले थप सशक्त हुने दाबी गरेका छन् ।

टिप्पणीहरू