एमाले र लोकतन्त्र दुबै अजम्मरी : केपी ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अजय र एमाले अजम्बरी रहेको बताएका छन् । पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पछिल्लो समय लोकतन्त्र र राजनीतिक दलमाथि योजनाबद्ध आक्रमण भएको दाबी गरे ।
भदौ २३ र २४ गतेका घटनालाई सम्झँदै भने, ‘तीन महिनाअघिका कहाली लाग्दा दिन सम्झिरहेको छु, जतिबेला देश आततायी गतिविधिबाट जलाइएको थियो ।’ उनका अनुसार ती दिनमा संविधान, लोकतन्त्र र राजनीतिक दलजस्ता आधार स्तम्भमाथि अत्यासलाग्दो हमला गरिएको थियो ।
जेन जीको नाम अघि सार्दै पुराना दल तथा नेताको भविष्यमाथि प्रहार गरिएकालाई जवाफ दिँदै ओलीले भनेका छन्, ‘महाधिवेशनमा निषेध, धुवाँ र खरानीलाई चिर्दै जनसागर उर्लिएको छ । यसले ती प्रयासहरूलाई जवाफ दिएको छ ।’
टिप्पणीहरू