एमाले नेता पक्रन अर्को पुर्जी जारी
नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरलाई पुनः नियन्त्रणमा लिन अदालतले प्रहरीलाई आदेश दिएको छ । विद्युतीय अपराधसम्बन्धी उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतले महरलाई पक्राउ गर्न मंसिर २१ गते नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ ।
अदालतले भदौ १६ गतेको आदेशानुसार सरकार वादी र ऐन महर भन्ने ऐनबहादुर महर प्रतिवादी रहेको मुद्दामा पछिल्लो आदेश दिइएको जनाएको छ । महरलाई पक्रन अदालतले ३५ दिने र ७ दिने पक्राउ पुर्जीसमेत साथमा पठाइएको र सूचना तथा पक्राउ पुर्जी तामेल गरी पठाइदिन ब्युरोलाई लेखिएको पत्रमा उल्लेख छ ।

टिप्पणीहरू