उपत्यका बाहिरका एमाले कार्यकर्ता २१५ गाडीमा

उपत्यका बाहिरका एमाले कार्यकर्ता २१५ गाडीमा

एमालेको ११ औं महाधिवेशन भक्तपुरको सल्लाघारीमा शुरु भएको छ । उपत्यका बाहिरबाट महाधिवेशन प्रतिनिधि, नेता तथा कार्यकर्ता पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै आएको बताइन्छ । 

ट्राफिक प्रहरीका अनुसार आज बिहान ९ बजेसम्म राजधानी भित्रिएका महाधिवेशनसँग सम्बन्धित साना तथा ठूला सवारी साधनको संख्या २१५ थियो । ती सवारी साधनमा साढे आठ हजारभन्दा बढी एमालेजन उपत्यका बाहिरका जिल्लाबाट राजधानी आएका हुन् ।

टिप्पणीहरू