प्रदेश २ को राजधानी जनकपुर कायम, नामको टुंगो लाग्दै

प्रदेश २ को राजधानी जनकपुर कायम, नामको टुंगो लाग्दै

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम तोकिएको छ । आजको प्रदेशसभा बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको हो ।

प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावबारे प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएका थिए । जसमध्ये जनकपुरधाम राजधानी राख्ने पक्षमा ७८ जनाले मतदान गरेका हुन् ।

सभामुख सरोजकुमार यादवले प्रदेशसभामा कायम रहेका १ सय ४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइभन्दा बढी मत रहेको भन्दै प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको घोषणा गर्नुभएको छ ।

प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि शुरुमा ७ वटा प्रस्ताव ल्याएको थियो । पछि त्यसलाई परिमार्जन गरी तीनवटा बनाएको हो ।

राजधानी टुंगो लागेसँगै आजै प्रदेशको नामसम्बन्धी प्रस्तावलाई मतदान प्रक्रियामा लैजाने तयारी गरिएको छ । राजधानीझैं प्रदेशको प्रस्तावित विभिन्न नाममा भने दुई तिहाई बहुमत पुग्ने सम्भावना कम देखिन्छ ।

टिप्पणीहरू