राजधानीपछि प्रदेश २ ले नाम जुरायो

राजधानीपछि प्रदेश २ ले नाम जुरायो

प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको आज बसेको बैठकले प्रदेश २ को ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको हो ।

प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको छ । जुन दुई तिहाइ बहुमत हो । १०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो ।

साथै,यसअघि आजै प्रदेशसभाले प्रदेशको राजधानी जनकपुर तोकेको थियो । संविधानअनुसार प्रदेशको नाम र स्थायी राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले टुङ्गो लगाउनु पर्छ ।

टिप्पणीहरू