ओली र पोख्रेलले क-कसलाई उठाउँदै

ओली र पोख्रेलले क-कसलाई उठाउँदै

आज बिहानसम्मको गहन गृहकार्यपछि एमाले ११ औं महाधिवेशनमा दुई प्यानल उठ्ने करिव करिव टुंगोसहित उम्मेदवारहरु तयार भएका छन् । विशेष सूत्रबाट प्राप्त जानकारीअनुसार 

इश्वर पोख्रेल प्यानलबाट गोकर्ण बिष्ट,बिन्दा पाण्डे,पर्शुराम मेघी गुरुङ,अरुण नेपाल-उपाध्यक्षमा उठ्न लागेका छ्न् भने नवौं महाधिवेशनमा मात्र ६ मतले पछि परेका वर्तमान उपाध्यक्ष सुरेन्द्र पाण्डेले महासचिवको तयारी गरेका छन् । यसो हुँदा योगेश भट्टराईले लोकप्रिय मतसहित उपमहासचिवमा बाजी मार्ने सम्भावना देखा परेको छ । इश्वर प्यानलबाट सचिवमा गोकुल बास्कोटा,कृष्णगोपाल श्रेष्ठ,ठाकुर गैरे,रचना खड्का र इन्द्रलाल साप्कोटा उठ्न लागेको बुझिएको छ ।

अध्यक्ष केपी ओलीले हालका उपाध्यक्ष बिष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा  गुरुङलाई उपाध्यक्षमा सेट गरेका छन् । महासचिवमा प्रदिप ज्ञवाली हुनुपर्ने तर शंकर पोख्रेललाई दोहोर्याउन नपाइने यी दुई नेताले अडान राखेको समेत गुण्डुनिकट श्रोतले बतायो । माओवादी पृष्ठभूमिका रामबहादुर थापालाई वरिष्ठ झिकिएको ५ मध्ये एक उपाध्यक्षमा  गरिसकिएको र त्यसैगरी लेखराज भट्टलाई उपमहासचिव बनाउने वचन दिइएको समेत बुझिएको छ ।

सचिवहरूमा रघुवीर महासेठ,छविलाल विश्वकर्मा,शेरधन राई,माधव ढुंगेल, महेश बस्नेत,विशाल भट्टराई र यमलाल कँडेल अनि उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली,विष्णु रिमाल र भानुभक्त ढकालको सम्भावना देखिएको छ ।

टिप्पणीहरू