अरुको भागमा प्रधानमन्त्री र मन्त्री, कर्णालीका भागमा सहसचिव
सरकारमाथि जेन जीका विभिन्न समूहलाई भेट्ने रवैया विभेदपूर्ण रहेको आरोप लागेको छ । जेन जीको नाममा अभियन्ता बनेका सुधन गुरुङलाई प्रधानमन्त्रीले,अन्य समूहलाई मन्त्रीहरुले पटक पटक भेटेका समाचार बाहिरिएका छन् ।
तर, कर्णालीका जेन जीहरुलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका एक जना सहसचिवले भेटेपछि उनीहरुले खिन्नता व्यक्त गरेका हुन् । हिजो बिहान पौने १२ बजेदेखि दिउँसो पौने ३ बजेसम्मको छलफल सहसचिव अनिता निरौलाको कार्यकक्षमा भएको थियो ।
मन्त्रालय स्रोतका अनुसार छलफलमा कर्णालीका सम्पूर्ण जेन जीहरुको तर्फबाट संयोजक सुप्रिया राज्यलक्ष्मी शाहीको नेतृत्वमा १० जनाको टोली पुगेको थियो ।
टिप्पणीहरू