मिराज समूहले सत्याग्रह गर्दै

मिराज समूहले सत्याग्रह गर्दै फाइल फाेटाे

मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले सरकारविरुद्ध सत्याग्रहको तयारी गरेको छ । पछिल्लो समय सिंहदरबार र बालुवाटारमा प्रवेश नपाएको उक्त समूहले सत्याग्रह सुरु गर्ने निर्णय गरेको हो । 

‘मिति तय भइसकेको छैन, भरेभोलिसम्म तय हुन्छ’, समूहकै एक अभियन्ताले भने, ‘अहिलेको लागि २५ गतेदेखि सुरु गर्ने कि भन्ने मोटामोटी कुरा भएको छ ।’

सुशीला कार्की नेतृत्वको सरकारले जेनजीको आधारभुत माग समेत सम्बोधन गर्न नसकेको आरोप लगाउँदै आएको उक्त समूहले फागुन २१ गते हुने भनिएको चुनाव असम्भव रहेको दावी गर्दै आएको छ । यस्तो दावी गरेकै कारण सरकारले आफूहरुलाई ‘बाइपास’ गर्न खोजेको मिराज समूहको बुझाई छ ।  सरकारलाई घुँडा टेकाउनको लागि भए पनि उनीहरुले सत्याग्रह सुरु गर्न लागेको बताइन्छ ।

टिप्पणीहरू