ताप्लेजुङको हृदयरोग निवारण प्रतिष्ठानमा नयाँ नेतृत्व
नेपाल हृदयरोग निवारण प्रतिष्ठान ताप्लेजुङले नयाँ समिति चयन गरेको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले इन्द्रबहादुर गुरुङ सभापति रहेको १७ सदस्यीय प्रतिष्ठान शाखाको नयाँ समिति सर्वसम्मत छनौट भएको जनाइएको छ ।
शाखा समितिको उपसभापतिमा अनन्तमणि भट्टराई र खिनुमाया इजम, सचिव कमलप्रसाद भट्टराई, सहसचिव कल्पना गुरुङ, कोषाध्यक्ष निरोज श्रेष्ठ र उपकोषाध्यक्ष दुर्गादेवी गौतम चुनिएका छन् । सदस्यमा सुवास आचार्य, खड्गविक्रम सुवेदी, विवेक बानिया, किशोर अधिकारी, नरेन्द्र अधिका…