घाइतेको निःशुल्क उपचार विध्वंशकारीहरुको निशानामा परेकाको अस्पतालमा

घाइतेको निःशुल्क उपचार विध्वंशकारीहरुको निशानामा परेकाको अस्पतालमा

जेनजी ध्वंशात्मक प्रदर्शनको क्रममा अराजक युवाहरुको समूहले सार्वजनिक तथा निजी सम्पतिमाथि गरेको तोडफोड र आगजनीले नेपाली समाजको चिन्तनलाई उदाङ्गो पारिदिएको छ । अराजक भीडका छ दर्जन निर्दोष नागरिकले ज्यान गुमाएका छन् भने खबौँको नोक्सानी भएको छ । 

पछिल्लो अराजक गतिविधिले आफूलाई डिजिटल युगको युवा भन्नेहरुको मानसिक चिन्तनबारे सोच्न समाजलाई बाध्य पारेको छ । भाटभटेनी सुपरमार्केटका एक दर्जनबढी आउटलेटमा भएको लुटपाट र आगजनीपछि नेपाली समाजमा भित्रिएको विकृत मानसिकताबारे चर्चा हुन थालेको हो । गत साताको विध्वंशकारी प्रदर्शनको क्रममा अराजक युवाहरुले देशभरका १३ वटा भाटभटेनीमा लुटपाट र आगजनी गरेर ठूलो क्षति पुर्याएका छन् । यसबाट चाडबाडको मुखमा त्यहाँ कार्यरत जेन जी पुस्ताकै हजारौँले जागिर गुमाउने संकेत देखिएको छ ।

तर त्यसरी आगजनी र लुटपाटको क्रममा घाइते भएका दर्जनाैँ प्रदर्शनकारीको उपचार उनै गुरुङले बनाइदिएको अस्पतालमा भइरहेको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी विभाग गुरुङले १० करोडको लागतमा निर्माण गरेर केही महिनाअघि हस्तान्तरण गरेका हुन् । त्यही भवनमा दर्जनौं घाइते प्रदर्शनकारीको निःशुल्क उपचार भएको हो । गुरुङले यसअघि पनि इमर्जेन्सी विभाग निर्माण गरिदिएका थिए ।

उता प्रदर्शनकारीले व्यवसायी उपेन्द्र महतोको भाटभटेनी र विशालनगरको बीचमा रहेको आवासीय घरमा पनि तोडफोड र लुटपाट मच्चाए । तर अहिले महतोकै ललितपुरस्थित मेडिसिटी अस्पतालले घाइतेहरुको निःशुल्क उपचार गरिरहेको छ । निकै महँगो अस्पतालमा पनि महतोले मुलुक र जनताप्रतिको जिम्मेवारी बोध गर्दै घाइतेहरुको निःशुल्क उपचार गराइरहेका छन् । 

गुरुङ र महतो यतिखेर प्रतिनिधि पात्र मात्र हुन् । मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएका थुप्रै निजी उद्योगी तथा व्यवसायीहरुको भौतिक सम्पतिमा क्षति पुर्याइएको छ । आर्थिक रुपमा थिलथिलो हुनेगरी भएको व्यावसायिक क्षेत्रमाथिको आक्रमणपछि पनि  उनीहरुले पुनः लयमा आउने प्रतिबद्धता जनाएका छन् ।

टिप्पणीहरू