दुर्गमका आमाहरुको दर्दनाक पीडामा राज्य संयन्त्र निरीह
नेपालको संविधान २०७२ ले सबै नागरिकको स्वास्थ्यसम्बन्धी हकको सुनिश्चितता गरेको छ । धारा ३५ मा भनिएको छ,‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन ।’ विडम्बना, संविधानमा उल्लेखित सो हक कागजमा मात्र सीमित बनेको छ । संविधानले हक सुनिश्चित गरेको एक दशक बितेपनि व्यवहारमा लागू हुन सकेको छैन ।
विकट क्षेत्रमा बसोबास गर्नेहरुले अझै औषधोपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने पीड…