पति कमरेडले किन लिन खोजे प्राण ?

गम्भीर बिमारीका कारण श्रीमान् अस्पतालमा छट्पटाउँदा पत्नी कमरेड भने काठमाडौंको राजावादीविरोधी जुलुशमा व्यस्त । कम्युनिष्टहरूलाई मानवीय अनि दयालु बन भनी सिकाउने गरिन्छ । तर, एमाले कमरेड निर्मला देवकोटाको हकमा भने यो सिद्धान्त लागू भएन ।
विष खाएर श्रीमान् जीवनमरणको दोसाँधमा छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियुमा १० दिनदेखि हातखुट्टा बाँधेर गम्भीर अवस्थाका कुमार कोइरालालाई राखिएको छ । तर अहँ, कमरेड देवकोटा जो एमाले केन्द्रीय सदस्य एवं समानुपातिक सांसद पनि हुन्, ले फर्किएर पत्नीधर्म निभाएकी छैनन् ।
श्रीमान् र श्रीमती भनेको सबैभन्दा नजिकको सम्बन्ध हो । नजिक हुन नसके पनि अप्ठ्यारो पर्दा न्यूनतम मानवीयता त झनै अपरिहार्य गुण हो । अप्ठ्यारो र कष्टको बेला पशुपन्छीमा समेत दया र करुणाका भाव जाग्छन् तर कमरेड देवकोटाका हकमा यो उक्ति एकादेशको कथाजस्तो भएको छ ।
कसैले भनेर होइन नारायणी अस्पतालमा केही दिनअगाडि दुई घण्टाजति बिजुली काटिएपछि बल्ल कोइराला आइसियुमा छट्पटाइरहेको पार्टी पंक्तिले थाहा पाएको हो । ‘शनिबार जेठ १७ गते दुई घण्टाजति लाइन काटिएको थियो । यसले गर्दा आइसियु र एनआइसियुका बिरामीलाई धेरै सास्ती भयो । कसको के कति कमजोरीले त्यस्तो भयो भन्ने बुझ्न जाने क्रममा आइसियुमा कुमार कोइराला छट्पटाइरहेको स्थितिमा पार्टी पंक्तिले भेट्टाएको हो,’ स्रोत भन्छ, ‘पोइजन केस भएकाले पुलिस केसको छाप हुनुपर्ने, त्यो रहेनछ । शुरुबाटै पुलिसलाई जानकारी हुनुपर्ने त्यो पनि छैन । यस्तो भएपछि कमरेडका पति भएको खुल्न आयो ।’ देवकोटा काठमाडौंमा ओलीको साक्खै सन्तान हुँ भन्छिन् । तर आफ्नै पति गम्भीर समस्याले थलिँदा पनि नजरअन्दाज गर्दै रहिन् । तर पार्टीकै एउटा पंक्तिले अस्पतालमा भेट्टाइहाल्यो ।
‘जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा एउटा टोलीले मोटरसाइकल ¥यालीसहित अस्पतालमा फलफूल वितरण गर्दा बल्ल कुमार कोइराला भर्ना भएको थाहा भयो’, एमाले स्रोत भन्छ, ‘वीरगञ्जका पुराना रिक्सा मजदुर नेता मधु गोर्खालीले कोइराला निर्मलाजीका श्रीमान् हुन्, सांसद र केन्द्रीय सदस्य जस्तो मान्छेले काठमाडौं लगेर उपचार गराउनुपर्छ नि भन्दा वास्तै गर्दिनन् ।’ कोइराला पेशाले यातायात मजदुर जस्तै हुन् र पूर्व पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरसम्म चल्ने बसको कन्डक्टर भएको बुझिएको छ । एक हप्ताअघि विष खाएर आत्महत्याको प्रयास गर्दा अरुले थाहा पाएर नारायणी अस्पतामामा उपचारका लागि लगिएका रहेछन् ।
घटना रहस्यमय जस्तो देखिएपछि पुलिसले अलि बढी नै सोधखोज गर्दा कुरुवासमेत भाडाको व्यक्ति राखिएको पाइयो । ‘पुलिसले थाहा पाएपछि को हो आइसियुको डाक्टर भनेर सोधखोज भयो । सिडियो र प्रहरीले केरकार गरेपछि कुरा खुल्दै आयो । एमाले स्रोत भन्छ, ‘संसदमा दैनिक उपस्थित छिन् तर श्रीमान् मरणासन्न अवस्थामा अस्पतालमा छट्पटाउँदा काठमाडौंका कार्यक्रम छोडेकी छैनन् । उनैले श्रीमान्को सूचना कतै बाहिर नदिएपछि बल्ल शनिबार यो कुरा बाहिर आएको हो ।’
राजनीतिक पहुँच भएका यति ठूला नेतासँग सामान्य मानवीय संवेदना पनि नहुँदोरहेछ भनेर वीरगञ्जमा नेताहरू मुखामुख गरिरहेका छन् । बिहे गरेका पक्का श्रीमान् हुन् । छोराछोरी पनि छन् तर उनी यातायात मजदुर हुन् । सांसदको स्तर उनीसँग नमिल्ने भएर हो कि के हो यस अघिदेखि नै श्रीमान्बारे कुनै कुरा सेयर गर्ने रैनछिन् । पारिवारिक भेट, बिहावारी, कार्यक्रम, काठमाडौंमा कहीं पनि लोग्नेलाई लिएर हिँडेको नदेखेको नेताहरू बताउँछन् ।
भाडाका कुरुवा सन्तोष पासवानसँग पनि कमरेडको निकटता देखिन आएको छ । उनलाई निर्मलाले नै नारायणी अस्तातालको व्यवस्थापन समितिदेखि भूमि आयोगको सदस्यसम्ममा नियुक्ति दिलाएको पाइयो । निर्मलाकै जोडबलमा पासवानले लगातार तीनपटक सरकारी नियुक्ति खाएको नेताहरू बताउँछन् । अस्पताल विकास समिति सदस्य भएको बेला उनले श्रीमतीलाई त्यहाँ स्टाफ नर्समा नियुक्ति दिलाएपछि क्वार्टरमा बस्ने सुविधा प्राप्त गरेका रहेछन् ।
अनि निर्मलाको अनुमतिमा कोइरालाको भिजिटर, निर्मलाको अभिभावक भनेर सन्तोषको नाम रहेछ । सन्तोषले आफ्नो नाममा बिरामी भर्ना गरेको भेद त्यसपछि बल्ल खुलेको हो । विरक्तलाग्दो अवस्थामा चार हातखुट्टा बाँधेर श्रीमान् छट्पटाउँदा हेर्न पनि नआउने स्थिति यही कली युगमा देखिने रहेछ । एउटा जिम्मेवार नेताले यस्तो गरेपछि कारण बुझ्न प्रयास गर्दा सिफलिस भन्ने रोग लागेको पनि एक नेताले दाबी गरे ।
काठमाडौंमा रथयात्रा निकालेर एउटी छोरीको आर्मीकै उच्च ओहोदाका व्यक्तिसँग विवाह गराएकी निर्मलाको एक छोरा पनि छन् । तर जति सम्बन्ध र सम्पर्क भए पनि न्यूनतम मानवीयता नदेखाएको भन्दै उनको आलोचना भएको छ ।
केहीअघि एमाले नगर कमिटीमा संस्थापन टिमविरुद्ध अर्को खेमाले चुनाव जित्यो । मधेस प्रदेशको एउटै महानगरमा विचारी यादव, अरविन्द सिंह, संघीय मन्त्री राजकुमार गुप्ता, पूर्व मेयर विजय सरावगीको एउटा टिम छ । त्यही टिमले निर्मला र प्रभु हजारा पक्षलाई हराएको हो ।
संघीय मामिला मन्त्री राजकुमार गुप्ता केन्द्रमा ओलीसँग छन् तर वीरगञ्जमा भने चरम अन्तरविरोध भएको नेताहरू बताउँछन् । देवकोटा, शम्भु हजारा र पर्साका अध्यक्ष विश्वम्भर शर्मा वडा नम्बर १५ का बासिन्दा हुन् । दुई जना केन्द्रीय सदस्य, समानुपातिक सांसद र जिल्ला अध्यक्ष पनि छन् । तर एमालेले त्यो वडामा नगर सदस्य पनि जित्दैन । आपसमै नमिल्ने स्थिति छ । राजकुमार निर्वाचित सांसद हुन् । यिनलाई मन्त्री बनाउन हुँदैन, यिनको ब्याकग्राउन्ड हिजो तस्करको हो भनेर कुरा लगाउन पुग्दा रैछन्, यसैले राजकुमार यिनीहरूप्रति आगो भएका छन्,’ श्रोतले भन्यो ।
टिप्पणीहरू