रेशम चौधरी अस्पताल भर्ना, श्रीमतीको कारण प्रेसर बढेको भनाइ
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी अस्पताल भर्ना भएका छन् । अस्वाभाविक ढंगले रक्तचाप बढेपछि उनी आज साँझ अस्पताल भर्ना भएको बताइएको छ ।
आफूले तीन महिनादेखि खाना नखाएको जानकारी दिँदै चौधरीले श्रीमाती एवम् पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको कारण आफू आत्महत्या गर्ने अवस्थामा पुगिसकेको बताएका छन् । भनेका छन्, ‘तीन महिनादेखि खाना खाएको छैन । कहिले दुई चम्चा खान्छु, कहिले के, कहिले के, आत्महत्या गर्ने अवस्थामा पुगिसकेँ । केही पनि मान्दै मान्दैनन् ।’&n…