नोभाको गुणस्तरहीन क्याल्सियम बजारमा छ्याप्छ्याप्ती
औषधि व्यवस्था विभागले नोभा जेनेटिक प्रालिद्वारा उत्पादित औषधिमाथि प्रतिबन्ध लगाएको छ । बजार अनुगमनको क्रममा न्यून गुणस्तरको पाइएपछि उक्त कम्पनीको क्याल्सियम ट्याबलेट किनबेचमा रोक लगाइएको छ ।
विभागले नोभा जेनेटिक प्रालिद्वारा उत्पादित ब्याच नम्बर सीभीडी ३–२६४ र सीभीडी ३–२६७ ‘क्यालिसेन एफ’ नाम ट्याबलेट गुणस्तरहीन रहेको जनाएको छ । ‘उक्त ब्याच नम्बरको औषधि न्यून गुणस्तर भएको पाइएकोले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरिएको छ,’ विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
विभागले प्रतिबन्धित क्यालिसेन एफ बजारबाट तत्काल फिर्ता लैजान तथा उक्त औषधिको विवरण पेश गर्नसमेत निर्देशन दिएको छ । उक्त औषधिको सिफारिस, बिक्रीवितरण तथा प्रयोगमा रोक लगाइएको हो ।
टिप्पणीहरू