मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड टिचिङ अस्पतालमा
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल आज साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज जानुभएको छ ।
उहाँ हाल उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव कमरेड मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिन त्यहाँ पुग्नुभएको हो ।
किरणको सुरेश वाग्ले क्यान्सर भवनको नयाँ आईसीयुमा उपचार भइरहेको छ । दम बढेपछि उहाँलाई तीन दिनअघि अस्पताल भर्ना गरिएको हो ।
प्रचण्डसँगको भेटमा आईसीयुमा उपचार शुरु भएपछि आफूलाई सहज भएको किरणको भनाई छ । निमोनियाँ र दम पूर्ण निको हुन अझै केही दिन लाग्ने बताइएको छ ।
टिप्पणीहरू