प्रधानमन्त्रीलाई घाँटीमा तकलिफ,सबै कार्यक्रम रध्द
आजको निम्ति निर्धारित प्रधानमन्त्री केपी शर्मा ओलीका सबै कार्यक्रम रध्द गरिएका छन् । बहुप्रतिक्षित बुटवल-पाल्पा जोड्ने सिद्धबाबाको सुरुङ्ग मार्ग उदघाटन पनि त्यसैको मारमा परेको छ ।
अस्ति बेलुका बालुवाटारमै एमाले सचिवालय बैठक डाकेर बामदेव गौतमको पार्टी प्रवेशसम्वन्धी प्रक्रियामा सम्पूर्णत: रोक लगाउने निर्णय गराउनु भएका उहाँ राती दुई बजेसम्म कसैको जन्मदिनमा सरिक हुनुहुन्थ्यो । त्यस अवसरमा खाएको केक र चिसो मौसमवीच अबेरसम्म रात्री बसाईका कारण हिजो बिहान उठ्दा घाँटी बसेर बोल्न नसक्ने अवस्था सिर्जना भयो ।
"अस्ति बेलुका बालुवाटारमै एमाले सचिवालय बैठक डाकेर बामदेव गौतमको पार्टी प्रवेशसम्वन्धी प्रक्रियामा सम्पूर्णत: रोक लगाउने निर्णय गराउनु भएका उहाँ राती दुई बजेसम्म कसैको जन्मदिनमा सरिक हुनुहुन्थ्यो । त्यस अवसरमा खाएको केक र चिसो मौसमवीच अबेरसम्म रात्री बसाईका कारण हिजो बिहान उठ्दा घाँटी बसेर बोल्न नसक्ने अवस्था सिर्जना भयो ।"
सशस्त्र प्रहरीको २४ औं स्थापना दिवसमा त्यसैकारण सहभागी हुन सक्नुभएन र मौसमको कारण जहाज उड्न नसकेपछि बाटैमा रोकिएका गृहमन्त्री रमेश लेखकलाई स्थलमार्गबाट रातारात धुलिखेल हुँदै काठमाण्डौ बोलाउनु परेको थियो ।
प्रधानमन्त्रीलाई थप आराम चाहिएकोले आज बाहिरका कसैसङ्ग भेटघाट राखिएको छैन ।
टिप्पणीहरू