सडकमै जन्माइन २७ वर्षकी आमाले तेस्रो सन्तान
हुम्लामा एउटी महिलाले सडकमै तेस्रो सन्तानको जन्म दिएकी छन् । २७ वर्षकी गर्भवती भान भण्डारीले अस्पताल नपुर्याउँदै बाटोमै सन्तान जन्माएको बताइन्छ ।
हिजो बिहान उनलाई प्रसव पीडा भएपछि नजिकैको स्वास्थ्य चौकी पुर्याइयो । रक्तस्राव, उच्च रक्तचापलगायतको समस्या देखिएपछि उनलाई जिल्ला अस्पताल सिमकोट लैजाने क्रममा उनले बीच बाटोमै शिशुको जन्म दिएकी हुन् ।
लगातारको हिमपातले सडकमा हिउँ जमेका कारण उनलाई सवारी साधनको सट्टा मानिसले बोकेर लगेका थिए । अस्पताल पुग्न दुई घण्टाको बाटो बाँकी छँदै महिला सुत्केरी भइन् ।
टिप्पणीहरू