नर्सिङको लाइसेन्स परीक्षा खुल्यो
नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी फागुनमा हुने भएको छ । परिषद्ले फागुन १० गतेका लागि परीक्षा मिति तय गरेको छ ।
परीक्षाका लागि भोलिदेखि माघ ३० गतेसम्म अनलाइन आवेदन दिन सकिने छ । आवेदन शुल्क प्रतिपरीक्षार्थी तीन हजार एक सय रुपैयाँ तोकिएको छ । दोब्बर दस्तुर तिरेर (थप तीन हजार) फागुन ५ गतेसम्म आवेदन गर्न मिल्ने बताइएको छ ।
परिषद्का अनुसार परीक्षामा सामेल हुने विद्यार्थीहरु न्यूनतम प्रवीणता प्रमाणपत्र तह नर्सिङ वा बिएस्सी नर्सिङ उत्तीर्ण भएको हुनुपर्ने छ । परीक्षासम्बन्धी विस्तृत जानकारी परिषद्को वेबसाइटमा उल्लेख छ ।
टिप्पणीहरू