अरु उमेर बढाउन खोज्ने, स्वास्थ्यका कर्मचारीले ४५ मा झार्ने
नेपाल चिकित्सक संघले स्वास्थ्य सेवाका कर्मचारीको उमेर हद ४५ वर्ष तोक्न माग गर्दै लोक सेवा आयोगलाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष अनिलविक्रम कार्कीले आज आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीलाई ज्ञापनपत्र बुझाउँदै स्वास्थ्य सेवातर्फ संघ तथा प्रदेश सरकारबाट खोलिने विज्ञापनमा ४५ वर्ष उमेर हद तोक्न माग गरेका हुन् ।
संघीय निजामती सेवाको गठन, सञ्चालन, सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ को दफा १८ मा उम्मेदवार हुनका लागि योग्यताको उपदफा (ग) बमोजिम पुरुषको हक…