व्रतालुका लागि महानगरको स्वास्थ्य शिविर

व्रतालुका लागि महानगरको स्वास्थ्य शिविर
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाले छठका व्रतालु तथा भक्तजनका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

घाटमा बस्ने व्रतालु तथा श्रद्धा अर्पण गर्न जाने श्रद्धालुको स्वास्थ्य सेवाका लागि महानगरले गुहेश्वरी, कमलपोखरी र बालाजुमा शिविर सञ्चालन गरेको हो । 

शिविरमा मेडिकल अफिसरसहित स्वास्थ्यकर्मीको टोलीले आधारभूत स्वास्थ्य सेवासँगै प्राथमिक उपचार शुरु गरेको महानगरले जनाएको छ । 

महानगरका अनुसार सिटामोल, जीवन जल, झाडापखाला, रुघाखोकीलगायत समस्या समाधानका लागि औषधी पनि वितरण गरिएको छ । 

शिविरमा ज्येष्ठ नागरिक र महिलाको संख्या बढ्दो रहेको र रातभर सञ्चालन गरिने महानगरले जनाएको छ ।

टिप्पणीहरू