प्रविधिजन्य स्वास्थ्य सामग्री उत्पादन गर्न दर्ता अनिवार्य

प्रविधिजन्य स्वास्थ्य सामग्री उत्पादन गर्न दर्ता अनिवार्य

औषधी व्यवस्था विभागले प्रविधिजन्य स्वास्थ्य सामग्री एवं उपकरण उत्पादक तथा व्यवसायीलाई दर्तामा आउन आह्वान गरेको छ । 

विभागले सूचना जारी गर्दै त्यस्ता उपकरण उत्पादन तथा बिक्री गर्दै आएका वा चाहने व्यक्तिलाई आगामी तीन महिनाभित्र थोक वा खुद्रा फर्म दर्ता गर्न भनेको हो । 

स्वास्थ्य उपचार क्षेत्रमा प्रयोग हुने प्रविधिजन्य स्वास्थ्य सामग्री र उपकरणको उत्पादन, निकासी, पैठारी, बिक्री वितरणमा गुणस्तर कायम गर्न र सोको प्रभावकारी नियमनका लागि सरकारले प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका, २०७४ ल्याएको थियो । 

सोहीअनुरुप प्रविधिजन्य स्वास्थ्य सामग्री र उपकरण उत्पादन गर्ने स्वदेशी उत्पादकले उद्योग स्थापना सिफारिसपत्र र पैठारी गर्न चाहने फर्मले पैठारी गरिने उत्पादक कम्पनीको नाम सूचीकरण गर्नुपर्ने विभागले जनाएको छ ।

टिप्पणीहरू