रगत जाँचपछि डेंगी संक्रमणको आशंका टर्यो

रगत जाँचपछि डेंगी संक्रमणको आशंका टर्यो

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ । अस्ति साँझदेखि उच्च ज्वरो आएपछि सरकारी निवास बालुवाटारमा आराम गरिरहनुभएको उहाँको स्वास्थ्य अवस्थामा आज सुधार आएको छ ।

प्रधानमन्त्री ओलीलाई डेंगी संक्रमण भएको अनुमान गरिए पनि रगत जाँचमा त्यो पुष्टि नभएको बताइन्छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्ट सामान्य छन् ।

एक्कासी बिरामी परेपछि पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको छ ।

टिप्पणीहरू