चिकित्साशास्त्रले माग्यो स्टाफ नर्स

चिकित्साशास्त्रले माग्यो स्टाफ नर्स

चिकित्साशास्त्र अध्ययन संस्थानले करारमा स्टाफ नर्स नियुक्त गर्न लागेको छ । आज सार्वजनिक सूचना निकालेर संस्थानले मातहतका अस्पताल, सेन्टर तथा केन्द्रका लागि ३२ जना स्टाफ नर्स मागेको हो । 

योग्यता पुगेका इच्छुकले आजदेखि आगामी मंसिर २५ गतेसम्म दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । उम्मेदवारको न्यूनतम योग्यता त्रिभुवन विश्वविद्यालय वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रवीणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण भई नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको हुनुपर्ने जनाइएको छ । 

महिलाको हकमा १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको र पुरुषको हकमा ४० वर्ष उमेर हद तोकिएको छ । यससम्बन्धी विस्तृत जानकारी संस्थानको वेबसाइटबाट प्राप्त गर्न सकिने सूचनामा जनाइएको छ ।

टिप्पणीहरू