प्रधानमन्त्री ओलीलाई उच्च ज्वरो, पूर्वनिर्धारित कार्यक्रम रद्ध
प्रधानमन्त्री केपी शर्मा ओली बिरामी पर्नुभएको छ । उहाँलाई हिजो साँझदेखि उच्च ज्वरो आएको बताइन्छ ।
प्रधानमन्त्री ओलीलाई डेंगु संक्रमणको अनुमान गरिएको छ । अहिले रगत चेकजाँचका लागि अस्पताल पठाइएको उहाँको सचिवालयले जनाएको छ ।
बिरामी परेपछि प्रधानमन्त्री ओलीका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित भएका छन् । सरकारी निवास बालुवाटारमा आराम गरिरहनुभएका प्रधानमन्त्रीले बिहान गृहमन्त्री रमेश लेखकसँग भेट गर्नुभएको बताइन्छ ।
टिप्पणीहरू