यता निर्वाचनकाे तयारी, उता वार्ता
नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको राजनीतिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गर्ने तयारी गरेको छ । भृकुटीमण्डपमा जारी बन्दसत्रमा प्रतिवेदनमाथि छलफल गर्न बनाइएका सबै समूहरुले सहमति जनाएका हुन् ।
थापा र शर्माले पेश गरेको राजनीतिक प्रतिवेदनमा कुनै कमजोरी र टिप्पणी नरहेको कर्णालीका हर्षबहादुर बमले बताए । ‘समग्रमा यी दुई प्रतिवेदनले वर्तमान समयको आवाज बोलेको छन्’, उनले भने, ‘कुनै बुँदाहरु हटाउन आवश्यक छैन, केही बुँदा थपेर यो हलले सर्वसम्मत रुपमा पारित गर्नुपर्छ ।’
बन्दसत्रले नेतृत्व चयनको लागि वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा निर्वाचन समिति समेत गठन गरिसकेको छ । हिजो पारित कार्यविधिअनुसार गठित समितिमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल, रामचन्द्र गौतम सदस्य सदस्य छन् ।
विशेष महाधिवेशनले नेतृत्व चयनको प्रक्रिया अघि बढाएपछि उता संस्थापन पक्षले थापा-शर्मा समूहसँग सहमतिको लागि वार्ता गरिरहेको बताइन्छ । बिहान लामाे छलफल गरेका दुइ समूहबीच दिउँसाे दाेस्राे चरणकाे वार्ता हुँदैछ ।
टिप्पणीहरू