सिन्धुलीका हेडसर पनि भृकुटीमण्डपमा

सिन्धुलीका हेडसर पनि भृकुटीमण्डपमा

सिन्धुलीक दुधौली–५ स्थित मा.वि. सिर्थौलीका प्रधानाध्यापक रमेश गौतम नेपाली कांग्रेसको विशेष महाधिवेशनमा कांग्रेसको झोला बोकेर सहभागी भएका छन् । गौतम सिन्धुली–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधि रहेको तथ्य पनि खुलेको छ ।

शिक्षामा दलहरूको राजनीति कतिसम्म घुसेको छ भन्ने यो पनि एउटा नमूना हो । जिल्लाबाट सामेल प्रतिनिधि सूचिको १८ औं नम्बरमा रमेश गौतम गुरुको नाम छ । बिशेष महाधिवेशन कस्तो हुँदैछ भनेर प्रतिक्रिया लिन  उहाँले बोक्ने ९८४४२४४५०० नम्बरको एनटिसीवाला मोबाइलमा सम्पर्क गर्दा भीडभाडका  सम्भवत: कारण  फोन उठेन । यसअघि भृकुटीमण्डपमै सम्पन्न  एमाले एघारौं महाधिवेशनमा पनि निजामती कर्मचारी र शिक्षकहरु यसरी नै सहभागी भएको जनआस्थामा रिपोर्ट प्रकाशित छ ।

टिप्पणीहरू