साफ महिला फूटसलमा आज नेपाल र श्रीलंका भिड्दै

साफ महिला फूटसलमा आज नेपाल र श्रीलंका भिड्दै

साफ महिला फूटसल च्याम्पियनसिप -२०२६ आजबाट थाइल्याण्डमा शुरू हुँदैछ । पहिलोपटक आयोजना हुन लागेको प्रतियोगितामा सात राष्ट्रले आफ्नो दाबेदारी प्रस्तुत गर्दैछन् ।

दक्षिण एसियाली फूटबल महासंघ(साफ)ले पहिलोपटक दुवै पुरुष र महिलाको फूटसल प्रतियोगिता आयोजना गर्न लागेको हो । महिलातर्फको खेलहरु आजबाट शुरू हुनेछन् भने पुरुषतर्फका खेलहरु बुधबारबाट शुरू हुनेछ । प्रतियोगितामा बंगलादेश, भुटान, माल्दिभ्स, भारत, नेपाल, पाकिस्तान र श्रीलंकाले सहभागिता जाउनेछन् ।

महिलातर्फ आज हुने उद्धाटन खेलमा माल्दिभ्स र भारत भिड्नेछन् । दोस्रो खेलमा पाकिस्तान र भुटान तथा तेस्रो खेलमा श्रीलंका र नेपाल प्रतिस्पर्धा गर्नेछन् । नेपाल र श्रीलंकाबीचको खेल बेलुकी ६:४५ बजे शुरू हुनेछ । नेपाली टोलीले पहिलोपटक फुटसल प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।

नेपाली टोलीमा राष्ट्रिय फूटबल टोलीबाट खेलिसकेकी अनिता केसी, बिमला चौधरी, दीपा राई लगायतका खेलाडीहरु रहेका छन् ।

नेपाली टोली:- अनिता केसी, अन्जली मचामसी, बिमला चौधरी, बिमला थापा, दीपा राई, जेनिफर राना, झरना डुम्राकोटी(गोलकिपर), मनिषा थापा मगर, प्रतीक्षा ठकुरी, रोशनी बोहोरा क्षेत्री, सावित्री किशान(गोलकिपर), सजिना कोइराला, सुनकला राई, सुष्मा तामाङ ।

टिप्पणीहरू