आधा दर्जन कम्युनिष्ट पार्टीको प्रभावहीन उपत्यका बन्द
विभिन्न छ वटा कम्युनिष्ट पार्टीले आह्वान गरेको उपत्यका बन्द कार्यक्रमको कुनै प्रभाव देखिएको छैन । राजधानीका विभिन्न चोकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहे पनि यातायात, बजार बिहानैदेनि सुचारु अवस्थामा छन् ।
सिपी गजुरेल, धर्मेन्द्र बस्तोला, आहुतीलगायतको नेतृत्वमा रहेका छ वटा भिन्दाभिन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुले आगामी फागुन २२ गतेको निर्वाचन बहिष्कार माग गर्दै बन्द कार्यक्रम राखेका हुन् ।
उनीहरुले हिजो साँझ काठमाडौंको बाङ्गेमुढा र कलंकीमा निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो । दुबै स्थानबाट आफ्ना नेता तथा कार्यकर्ता पक्राउ परेको बन्द आयोजकहरुले जनाएका छन् ।
टिप्पणीहरू