पुरै कोइराला परिवार भृकुटीमण्डपबाट बाहिर

पुरै कोइराला परिवार भृकुटीमण्डपबाट बाहिर

राजधानीको भृकुटी मण्डपमा नेपाली काँग्रेसको विशेष महाधिवेशन जारी छ । हिजो उद्घाटन भएकोमा आज बन्दसत्र चलिरहेको छ । सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेताहरु उपस्थित छैनन् ।

त्यसैगरी,कोइराला परिवारबाट कसैको पनि उपस्थिति देखिएको छैन । नेता शेखर कोइराला, डा.सशाँक कोइराला र नेतृ सुजाता कोइराला महाधिवेशनमा अनुपस्थित छन् । सुजाता नआए पनि उनले आफ्नो गुणगान गाएर लेखेको पुस्तक महाधिवेशन स्थलमा वितरण गरिएको छ ।

महाधिवेशनमा सहभागी सबै प्रतिनिधिलाई एउटा झोला दिइएको छ । त्यसमा सुजाताले लेखेको ‘म र सानोबुवाको आत्मकथा’ शीर्षकको पुस्तक रहेको छ । उक्त पुस्तकको मूल्य एक हजार रुपैयाँ छ । किताब सबै प्रतिनिधिलाई निःशुल्क वितरण गरिएको हो ।

नेता डा.सुनिल शर्माले सबैलाई पुस्तक बाँड्ने काम गरेका थिए । शेखरको व्यापारिक साझेदार भएकाले पुस्तक बाँड्न उनी अग्रसर देखिएको त्यहाँ उपस्थित प्रतिनिधिहरुको भनाइ छ । अर्कोतिर,महाधिवेशनमा दुई तिहाई जुटाउनका लागि जिल्लामा नगदी कारोबार गरेर प्रतिनिधि ल्याइएको आरोप संस्थापन पक्षले लगाएको छ । 

टिप्पणीहरू