केन्द्रीय समिति भङ्ग पछिको पहिलो झट्का महाराजगञ्जमा

केन्द्रीय समिति भङ्ग पछिको पहिलो झट्का महाराजगञ्जमा

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा पार्टी केन्द्रीय कार्यसमिति भंग गर्दै नयाँ नेतृत्वको प्रस्ताव अघि सारेपछि सभापति शेरबहादुर देउवाले पार्टी एकता जोगाउन छलफल तीव्र पारेका छन् । डा. शेखर कोइरालासहितका नेताहरू छलफलका लागि सभापति देउवाको महाराजगञ्जस्थित निवास पुगेका छन् । 

छलफलमा कोइरालासहित उनका निकट सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे तथा नेता मिनेन्द्र रिजाल सहभागी छन् । संस्थापन पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि सहभागी छलफल जारी छ ।

सभापति देउवाले आफूनिकट कानुनी व्यवसायीहरुसँग पनि एक चरण छलफल गरेपछि शेखर समूहलाई निवासमा बोलाएका हुन् । संस्थापन पक्षको आपत्तिका बाबजुद पनि विशेष महाधिवेशन जारी छ । 

महाधिवेशनको बन्दसत्रमा महामन्त्रीद्वय थापा र शर्माले छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका छन् भने कार्यविधि पनि पारित गरिएको छ ।

टिप्पणीहरू