झापामा रास्वपालाई झमेला
फागुन २१ को चुनावपछि देशकै नेतृत्व लिने दौडमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पूर्वी नेपालमा प्रभाव कम देखिएको छ । आज झापाको शनिश्चरे बजारमा सो पार्टीले आयोजना गरेको एकता सन्देश सभामा स्थानीयको उपस्थिति अत्यन्त न्यून देखिएको हो ।
रास्वपाले कार्यक्रममा उल्लेखनीय साहभागिता गराउने योजनासहित रवि लामिछाने र बालेन्द्र साह आउने भनी प्रचार गरेको थियो । स्थानीय कार्यकर्ताले आज बिहान गाउँ-गाउँमा माइकिङसमेत गरेका थिए । तर, अपेक्षाकृत जनसभागिता जुटाउन सकेन ।
अपेक्षा गरेअनुसार उपस्थिति नजुटेपछि निशा डाँगीलाई प्रमुख वक्ता बनाएर कार्यक्रम हत्तपत्त सिध्याइएको बुझिएको छ ।
स्थानीय पत्रकार योगेश खपांगीका अनुसार कार्यक्रममा मुस्किलले पाँच सय जति उपस्थिति थियो । अपेक्षा गरेअनुसार उपस्थिति नजुटेपछि निशा डाँगीलाई प्रमुख वक्ता बनाएर कार्यक्रम हत्तपत्त सिध्याइएको बुझिएको छ ।
पूर्वप्रम तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापालाई रास्वपाले चुनावी 'टार्गेट' मा राखेको देखिन्छ । ओलीकै निर्वाचन क्षेत्र झापा-५ बाट बालेन्द्र उठ्ने चर्चा पनि चलाइएको छ ।
त्यसकारण आज शनिश्चरेमा ठूलो शक्ति प्रदर्शन गर्ने स्थानीय पार्टीको तयारी थियो । त्यसको तयारीस्वरूप न्युज २४ मा पहिले रविसँगै काम गर्ने दुई पत्रकार राजीव खत्री र प्रमोद न्यौपाने सो क्षेत्रमा खटिएका थिए ।
माइकिङमा भनिएअनुसार बालेन र रवि कार्यक्रममा नदेखिएपछि स्थानीय सहभागीले आयोजकलाई सोधखोज गरेको पनि बुझिएको छ ।
टिप्पणीहरू