मादुरोको समर्थन गर्दै रत्नपार्कमा जुलुस
नारायणमान विजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताले अमेरिकी अपहरणमा परेका भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोको समर्थनमा जुलुस निकालेका छन् ।
सो पार्टीको भात्री संगठन क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले आज दिउँसो काठमाडौँमा र्यालीसहितको प्रदर्शन गरेका हुन् । सराेजराज गाेसाईकाे नेतृत्वमा र्रत्नपार्कबाट शुरु भएको र्याली भाेटाहिटी,असन,टेउडा,ठहिटी, वाङगेमुढा,ईन्द्रचाेक,जुद्ध शालिक,न्युराेड हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभाका वक्ताहरूले समाजवादी देश भेनेजुयलामा भएको साम्राज्यवादी आक्रमण र हस्तक्षप आफूहरूका लागि स्वीकार्य नभएको बताए । त्यसअघि जुलुसमा राष्ट्रसंघको वडापत्रलाई – सम्मान गर ', 'मादुरो दम्पतीलाई – तत्काल फिर्ता गर !', 'मुनरो नीति चाहिँदैन - हस्तक्षेप गर्न पाइँदैन !', 'भेनेजुयलाको सार्वभौमिकता – रक्षा गरौं !', 'ट्रम्प प्रशासन होशियार, जंगली शासन चल्दैन !, 'ल्याटिन अमेरिकी देशमा - शान्ति कायम गर !', 'अमेरिकी साम्राज्यवाद - मूर्दावाद !' जस्ता नारा लगाएका थिए ।
टिप्पणीहरू